back

माछापुच्छ्रे बैंकले पायो ३ अर्बको ऋणपत्र निकाल्ने अनुमति

काठमाडौँ । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी अनुमति पाएको छ । बैंकलाई नेपाल धितोपत्र बोर्डले आज ऋणपत्र निष्काशनका लागि बैंकलाई अनुमति दिएको हो ।

बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा कुल ३० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो ।

बैंकले निष्काशन गर्ने ३० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणमा १२ लाख कित्ता र बाँकी १८ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । सर्वसाधारणका लागि जारी हुने १२ लाख युनिटमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता डिबेन्चर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले खरीद गर्न पाउनेछन् ।

ऋणपत्रको ब्याज दर .५० प्रतिशत कायम गरिएको छ । बैंकले बिक्रीमा ल्याउने ऋणापत्रलाई ‘माछापुच्छ्रे डिबेन्चर २०८७’ नाम दिइएको छ ।
बैंकले बिक्री गर्ने नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भई कारोबार हुने भएकोले आवश्यक पर्दा बिक्री गर्न सकिनेछ । यस्तै, बैंक तथा वित्तिय संस्थाहरुबाट ऋणपत्र धितो राखी आवश्यक पर्दा ऋण समेत लिन सकिन्छ ।

बैंकले ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडलाई एक सम्झौता गरी अनुबन्धन गरिसकेको छ ।

बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी (तरलता) अभाव भएपछि बैंकहरुले दीर्घकालीन स्रोत परिचालन गर्ने उदेश्यका साथ पछिल्लो समय ऋणपत्र जारी गर्ने विधि अपनाउन थालेका छन् ।

२०७८ असार १६ गते प्रकाशित


‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन गत वर्षको भन्दा ८८ अर्ब बढी

वि.सं.२०८२ असार १ आइतवार १७:३९

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७...

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

उच्चस्तरीय आर्थिक सुधार सुझाब आयोगको प्रतिवेदनलाई समेटिएको यो नै पहिलो बजेट हो : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ जेठ ३० शुक्रवार १९:४३

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले  सरकारले...

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

राजनीतिज्ञ भन्दा उपभोक्तालाई खुसी पार्ने बजेट आएको छ : उपाध्यक्ष अधिकारी

वि.सं.२०८२ जेठ २८ बुधवार २१:२२

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले अहिलेको...

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकतामा दिन अर्थमन्त्री पौडेलको निर्देशन

वि.सं.२०८२ जेठ २८ बुधवार १८:०४

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण...