नेप्सेमा ४७ अंकको पहिरो, करिब पौने ७ अर्बको कारोबार
वि.सं.२०७८ असार १५ मंगलवार
काठमाडौँ । साताको पहिलो र दोस्रो दिन सुधारको बाटोमा आएको सेयर बजार आज फेरी घटेको छ । आज नेप्से परिसूचक ४७.५० अंकले घटेर २८२८ बिन्दूमा झरेको हो । यो दिन दिनभर कारोबारमा आएका २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
२०७८ असार १५ गते प्रकाशित
प्रकाशित समय : ०९:४२ बजे