माइक्रोसफ्ट कर्पाेरेनसनको अध्यक्षमा भारतीय मूलका सत्य नाडेला निर्विरोध नियुक्त

वि.सं.२०७८ असार ६ आइतवार

वासिङ्टन। विश्वचर्चित माइक्रोसफ्ट कर्पोरेसनको अध्यक्षमा भारतीय मूलका सत्य नाडेला निर्विरोध नियुक्त भएका छन्। माइक्रोसफ्टको अध्यक्ष यसअघि जोन थमसन रहेका थिए। नाडेल माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सीइओ) थिए।
माइक्रोसफ्टका संस्थापक विल गेट्सले सिईओको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै सिईओ थिए।
अध्यक्षमा निर्वाचित भएता पनि नाडेलाले नै सिईओको जिम्मेवारी समेत निर्वाह गर्ने स्रोतले जनाएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दुई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र सिईओको जिम्मेवारी पाएको हो।
त्यसैगरी कर्पोरेसनको अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए।
अहिले थमसन पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ। कर्पोरेसनको दोहोरो जिम्मेवारी लिएपछि नाडेलाले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो एकाउन्टमा पनि ‘चियरमेन एण्ड सीइओ अफ माइक्रोसफ्ट कर्पोरेसन’ लेखेका छन्।
२०७८ असार ६ गते प्रकाशित

प्रकाशित समय : ०३:१२ बजे