प्रभु बैंकको ऋणपत्र बाँडफाँड
वि.सं.२०७८ असार १ मंगलवार
काठमाडौँ । प्रभु बैंक लिमिटेडले भु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले जेठ ‘११ गते, मंगलबारदेखि जेठ २६ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला उक्त ऋणपत्र बाँडफाड गरेको हो ।
उक्त अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई हिजो (जेठ ३१, सोमबार) बाँडफाँड गरिएको बैंकले एक सूचना मार्फत् जानकारी दिएको छ ।
बैंकले बैंकले उक्त ऋणपत्र एक हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको थियो ।
२०७८ असार १ गते प्रकाशित
प्रकाशित समय : ०८:२१ बजे