नेप्सेमा आजपनि सामान्य करेक्सन, कारोबार रकममा उत्साह कायमै
वि.सं.२०७८ जेठ २७ बिहीवार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य करेकसन भएको छ । यो दिन नेप्से १.८० अंकले घटेर २९४४.७८ मा कायम भएको छ । दिनभर कारोबारमा आएका २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ बराबरको कारोबार भएको छ ।
यस्तै यो दिन डेभलपमेन्ट बैंक, फाइनान्स, हाईड्रोपावर, लगानी, माईक्रोफाइनान्स म्युच्युअल फण्ड समूहको उपसूचक बढेका छ भने अरुको घटेर बन्द भएको छ ।
यद्यपी घटेको बजारमा पनि १४ कम्पनीका लगानीकर्ताले भने ९ प्रतिशत बढीले कमाएका छन् ।
पाँचथर पावर कम्पनीको सेयर मूल्यमा आज सकरात्मक सर्किट लागेर बन्द भएको हो । त्यस्तै सिभश्री हाईड्रोपावर ङादी ग्रुप पावर, माउन्टेन एजर्जि नेपाल लगायत कम्पनीका सेयर धनिले ९ प्रतिशत भन्दा बढीले कमाएका छन् ।
२०७८ जेठ २७ गते प्रकाशित
प्रकाशित समय : ०९:३७ बजे