चार सयले बढ्यो सूनको मूल्य, यस्तो छ आजको बजारभाउ
वि.सं.२०७८ जेठ २० बिहीवार
काठमाडौँ । बिहीबार नेपाली बजारमा सूनको मूल्यमा ४ सयले वृद्धि भएको छ । आज छापावाला सुन ९४ हजार ९ सय र तेजावि सुन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजावि सुन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको थियो ।
त्यसैगरि बुधबार १० रुपैयाँले बढेको चाँदि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ पुगेको छ ।
२०७८ जेठ २० गते प्रकाशित
प्रकाशित समय : ०७:१९ बजे