back

टोयोटाले छिट्टै सार्वजनीक गर्दै नयाँ सेडान कार बेल्टा

काठमाडौं । टोयोटा किर्लोस्कर मोटरले भारतमा मारुती सुजुकी सियाजमा आधारित नयाँ सेडान कार लन्च गर्ने भएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले टोयोटाले भारतमा यारिसको विक्री बन्द गर्दै नयाँ सेडान कार ‘बेल्टा’ ल्याउन लागेको हो ।

टोयोटा र सुजुकी बीचको सहकार्यले भारतमा तिब्रता लिँदै गएको छ । यसअघि मारुती सुजुकी बलेनोमा आधारित ग्लान्जा ह्याचव्याक र कम्प्याक्ट एसयूभी ब्रेजालाई अर्वान क्रुजरको नामबाट टोयोटाले विक्री गर्दै आएको छ । टोयोटाले हालै मात्र बेल्टा नामको ट्रेडमार्क समेत भारतमा दर्ता गरेको छ ।

कम्पनीले बेल्टामा सियाजकै १।५ लिटर नेचुरल एस्पायर्ड फोर सिलिण्डर पेट्रोल इन्जिन दिने छ । उक्त इन्जिनले १०५ पीएस पावर तथा १३८ न्यूटन मिटरको टर्क उत्पादन गर्छ । यस कारमा एसएचवीएस माइल्ड हाइब्रिड सिस्टम समेत रहने छ । यसमा ५ स्पीड म्यानुयल र ४ स्पीड अटोमेटिक गियरबक्स अप्सन ग्राहकले पाउने छन् ।

टोयोटा बेल्टा कहिले बजारमा आउँछ भन्ने कम्पनीले आधिकारीक जानकारी दिएको छैन ।

२०७८ जेठ १५ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

जनकपुरमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने

वि.सं.२०८१ माघ २७ आइतवार १८:०१

काठमाडौं । जनकपुरमा भोलि माघ २८ गते ‘बजाज माइलेज च्याम्पियन’...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक

वि.सं.२०८१ माघ २० आइतवार १६:४२

काठमाडौं । टाटा नेक्सनको नयाँ मोडल ‘नेक्सन केथ्री’ सार्वजनिक भएको...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...