back

सिटिजन लाइफद्धारा माग गरेको ४८ घण्टा भित्रै मृत्यु दाबी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स भैरहवा शाखाले १२ लाखको बीमा दाबी रकम माग गरेको ४८ घण्टामा भुक्तानी गरेको छ । कम्पनीले मंगलबार रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं. ६ निवासी स्व. आरती राईले गरेको जीवन बीमा बापतको रकम उनका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीलाई मृत्युदावी माग गरेको ४८ घण्टा भित्रमै १२ लाख रुपैयाा बीमाङ्क रकम, काजक्रिया खर्च ५० हजार सहित एक वर्षको बोनस वापत् ४२ हजार रुपैयाँ गरि एकमुष्ठ रु १२ लाख ९२ हजार भुक्तानी गरेको हो ।

मृतक राईले २०७७ साल चैत्र ३१ गते १२ लाखको वार्षिक अग्रिम भुक्तानी योजना १ लाख ६ सय ७१ रुपैयाँ तिरी खरिद गरेकी थिइन् । उनको २०७८ साल बैसाख २९ गते कोभिडको कारणले निधन भएको थियो ।

दाबी भुक्तानी कार्यक्रममा भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनेजर राधिका कुँवर र मृतक राई को सः परिवारको उपस्थिति रहेको थियो ।

बीमा दाबी बापतको भुक्तानी लिँदैगर्दा मृतकका श्रीमान् जितेन्द्र बहादुर क्षेत्रीले जीनव बीमा भुक्तानी प्रक्रिया अत्यन्तै सरल र सहज रूपमा पाएको बताए ।

२०७८ जेठ १२ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...