back

एम्बुलेन्स खरिदका बागलुङका प्रवासीद्धारा १० लाख सहयोग

काठमाडौँ । अष्ट्रेलियामा रहेका बागलुङवासीले धवलागिरि अस्पतालमा अत्याधुनिक एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेका छन् । अस्पतालमा एउटामात्रै एम्बुलेन्स हुँदा यो महामारीको बेला बिरामीले एम्बुलेन्सको समस्या भोग्न नपरोस् भनि प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थप्न लागेका हुन् ।
बागलुङबाट अध्ययन तथा रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका बागलुङवासीले कोरोना सङ्कटमा साथ दिनका लागि अत्याधुनिक एमबुलेन्स खरिद गर्ने अभियान चलाएका छन् । उनीहरूले कोरोना सङ्क्रमण अथवा कुनै पनि पनि रोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिदका लागि आर्थिक सङ्कलन अभियान चलाएको र पहिलो चरणमा रु १० लाख हस्तान्तरण गरेका हुन् ।

सुविधासम्पन्न एम्बुलेन्स अभावमा कतिपय बिरामीको अस्पताल पु¥याउँदा नै ज्यान जाने अवस्थालाई मध्यनजर गरी अस्पतालले एम्बुलेन्स खरिद गर्ने गरी रकम पठाएको बागलुङ घर भई अष्ट्रेलियामा रहेर एम्बुलेन्स खरिदका लागि सहयोग सङ्कलन अभियान चलाएका सुमन विष्टले बताए ।

सुविधासम्पन्न अत्याधुनिक एम्बुलेन्स खरिदका लागि अष्ट्रेलियामा रहेका बागलुङवासीले पहिलो चरणमा रु १० लाख सहयोग गरेका छन् । भन्सार छुटसहित करिब रु २८ लाख ५० हजारमा खरिद गरिने एम्बुलेन्स जिल्लामा अहिले सञ्चालनमा आएका एम्बुलेन्सभन्दा फरक र सुविधासम्पन्न हुनेछ । नयाँ एम्बुलेन्समा दुई बिरामी, स्वास्थ्यकर्मी र आवश्यक उपकरण राख्न सकिनेछ । एम्बुलेन्स खरिदका लागि बाँकी रकम एक हप्तामै आउने र एक महिनाभित्रै अस्पतालमा नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याउने धवलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना मगरले बताए ।

पहिलो चरणको रु १० लाखको चेक सुमन विष्टका बुवा तिलक विष्टले धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानामगरलाई हस्तान्तरण गरेका थिए । उनले अस्पतालको सिङ्गो टिम र सहयोगीको साथका कारण अस्पतालले मुहार फेरेको बताउँदै अस्तालमा आधुनिक एम्बुलेन्स आउँदा दुःखी तथा गरिबका लागि सहयोगी बन्ने बताए ।

२०७८ जेठ १२ गते प्रकाशित


बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

वि.सं.२०८२ वैशाख ९ मंगलवार ११:२१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको...

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

आर्थिक वर्ष २०८२/०८३ को बजेटबारे पूर्व अर्थमन्त्रीहरुसँग परामर्श

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:०४

काठमाडौं । पूर्व अर्थमन्त्रीहरुले कार्यान्वयन योग्य र यथार्थपरक बजेट ल्याउन...

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

नेपालको अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो : अध्यक्ष अग्रवाल

वि.सं.२०८२ वैशाख ४ बिहीवार २१:३५

काठमाडौं । उद्योगीहरुले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएका छन् ।...

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

नेपाल राष्ट्र बैंकले माग्यो ‘एसआईपीएस’ का लागि सुझाव

वि.सं.२०८२ वैशाख ३ बुधवार १८:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणालीहरू...

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

बढ्दो तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ बजारबाट झिक्दै

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३४

काठमाडौं । बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : डोनाल्ड ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : डोनाल्ड ट्रम्प

वि.सं.२०८२ वैशाख ३ बुधवार १३:३२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...