सेयर बजारमा ६ अंकको गिरावट, कारोबार रकम ११ अर्ब माथि
वि.सं.२०७८ जेठ ११ मंगलवार
काठमाडौं । आइतबार र सोमबारको उचाई पछि नेप्से आज ओरालो लागेको छ । यो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ५० अंकले घटेर २ हजार ८ सय १६ दशमलव ५६ अंकमा झरेको हो ।
ठुला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ५१ अंकले घटेर ५ सय ३ दशमलव ९९ अंकमा झरेको छ । सोमबार १३ अर्ब नाघेर इतिहास रचेको कारोबार रकम मंगलबार भने केहि कम देखियो ।
मंगलबार १ लाख १२ हजार १४८ वटा कारोबार हुँदा २१९ कम्पनीका २ करोड ३४ लाख ६५ हजार ६७५ कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार १०८ रुपैयाँ पुगेको छ ।
प्रकाशित समय : १०:०६ बजे