back

प्रभु सेलेक्ट फण्डमा पहिलो दिन नै ४१ करोडको लागि आवेदन

काठमाडौँ । प्रभु क्यापिटलले आज देखि बिक्रि खुला गरेको सामुहिक लगानी कोष योजनामा पहिलो दिनमा नै ४१ करोड बढीको आवेदन परेको छ । पहिलो दिन १८ हजार १ सय ८६ जना आवेदकबाट ४ करोड १२ लाख ६८ हजार ३ सय ४० इकाईको लागि ४१ करोड २६ लाख ८३ हजार ४ सय बराबरको हो । प्रतिशतको हिसाबमा पहिलो दिन नै ४१.२६ प्रतिशत इकाई बिक्रि भएको छ ।

क्यापिटलले १ अर्ब रकम बराबरको सेलेक्ट फण्ड नामको योजनाको इकाई निष्काशन गरेको हो । यो फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो ।

यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन् । यस क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । कुल १० करोड युनिट मध्ये १ करोड ५० लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गरिएको छ ।

इच्छुक लगानीकर्ताले आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले जेठ ९ गतेसम्म र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने जनाएको छ । कम्पनीका अनुसार यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन् ।

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणा सम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

२०७८ जेठ ५ गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...