back

प्रभु सेलेक्ट फण्डमा पहिलो दिन नै ४१ करोडको लागि आवेदन

nactional life

काठमाडौँ । प्रभु क्यापिटलले आज देखि बिक्रि खुला गरेको सामुहिक लगानी कोष योजनामा पहिलो दिनमा नै ४१ करोड बढीको आवेदन परेको छ । पहिलो दिन १८ हजार १ सय ८६ जना आवेदकबाट ४ करोड १२ लाख ६८ हजार ३ सय ४० इकाईको लागि ४१ करोड २६ लाख ८३ हजार ४ सय बराबरको हो । प्रतिशतको हिसाबमा पहिलो दिन नै ४१.२६ प्रतिशत इकाई बिक्रि भएको छ ।

क्यापिटलले १ अर्ब रकम बराबरको सेलेक्ट फण्ड नामको योजनाको इकाई निष्काशन गरेको हो । यो फण्ड प्रभु क्यापिटलले व्यवस्थापन गर्न लागेको पहिलो सामुहिक लगानी योजना हो ।

यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन् । यस क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । कुल १० करोड युनिट मध्ये १ करोड ५० लाख युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८ करोड ५० लाख युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गरिएको छ ।

इच्छुक लगानीकर्ताले आवेदन दिंदा न्युनतम १ सय इकाई र अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले जेठ ९ गतेसम्म र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्ने छन् । लगानीकर्ताले मेरोशेयर अनलाइन तथा सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिले सम्म सञ्चालनमा आएका सामुहिक लगानी योजना भन्दा पृथक रहने जनाएको छ । कम्पनीका अनुसार यसले एक पटकमा बढिमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेन्चमार्क बनाउनेछ जसलाई नेप्से ३० बेन्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन् ।

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणा सम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

२०७८ जेठ ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

नेप्सेमा २०.२७ अंकको गिरावट, वित्त बाहेक सबै उपसमूह राताम्मे, सेन्ट्रल फाइनान्सको सर्वाधिक कारोबार

वि.सं.२०८३ जेठ २५ सोमवार १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द...

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

सेबोनको ३४औँ वार्षिकोत्सवमा अध्यक्ष खत्रीको प्रतिबद्धता—ऋण बजारको विकास र एनआरएनलाई शेयर बजारमा भित्र्याइने

वि.सं.२०८३ जेठ २५ सोमवार १४:४५

काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष उत्तरकुमार खत्रीले मुलुकमा...

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

एपोलो हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

वि.सं.२०८३ जेठ २५ सोमवार १४:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एपोलो हाइड्रोपावर लिमिटेडको...

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

सोपान फर्मास्युटिकल्सको शेयर भोलीदेखि कारोबारमा आउने

वि.सं.२०८३ जेठ २४ आइतवार १६:५७

काठमाडौँ ।  सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर भोली अर्थात् सोमबारदेखि दोस्रो...