back

कम्पनी बिश्लेषण गरेर लगानी गर्न नेप्सेको आग्रह, लगानीकर्ता भन्छन् ‘बजार घट्दा नेप्से हराउँछ, बढ्दा तर्साउँछ’

काठमाडौं । सेयर बजारले पछिल्ला दिनहरुमा हरेक दिन नयाँ रेकर्ड राख्दै गएपछि नेप्सेले सर्तकता अपनाउन आग्रह गरेको छ । नेप्सेले एक विज्ञप्ती जारी गर्दै कम्पनी राम्रो सँग बुझेरमात्रै लगानी गर्न भनेको हो । मंगलबार सेयर बजार हालसम्म कै उच्च कारोबार र उच्च बिन्दुमा पुगेको थियो । नेप्सेका अनुसार मंगरबार नेपालको नेप्से परिसुचक र कारोबार रकमले हाल सम्मका सबै रेकर्डहरु ब्रैक गर्दै नयाँ रेकर्ड कायम गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, “मंगलबार १ लाख १५ हजार कारोबारमा ११ अर्ब ३५ करोेड ९३ लाख ६० हजार रुपैयाँ बराबरको २ करोड ३१ लख ३१ ह्जार ६१५ कित्ताको सेयर कारोबार भएको छ, नेप्से परिसुचक २७९३।८९ को बिन्दुमा पुगेको छ, कारोबार रकम, कारोबार संख्या र बजार परिसुचकका आधारमा धितोपत्रको दोस्रो बजारमा नयाँ कीर्तिमान कायम भएको छ ।”

बजार २०७६ कार्तिक २० गतेबाट पुर्ण स्वचालित अनलाईन कारोबार प्रणाली सञ्चालनमा आएपछि दोस्रो बजारका प्रमुख सूचकहरुमा क्रमिक सुधार आएको नेप्सेले जनाएको छ । नेप्सेमा हाल ६ लाख भन्दा बढि लगानीकर्ताहरुले टिएमस को युजरनेम र पासवर्ड लिएको नेप्सेले बताएको छ ।

नेप्सले लगानीकर्तालाई सेयर मूलयमा प्रभाव पार्नसक्ने भएकाले सजग भएर लगानी गर्न भनिएको छ । “दोस्रो बजार कारोबारमा सहभागी हुँदा लगानीकर्ताहरुले सेयर मूल्यमा प्रभाव पार्न सक्ने धेरै भन्दा धेरै सूचनाहरु संकलन तथा बिश्लेषण गर्नुपर्छ, खासगरी आफुले लगानी गर्न खोजेको कम्पनीको व्यवसाय, सञ्चालन तथा व्यवस्थापकीय पक्ष, व्यवसायको आकार तथा वृद्धिको संभावना, नाफा नोक्सानीको स्थिति लगयतका आधारभुत पक्षको विष्लेषण गर्ने तथा विगतमा उक्त कम्पनीको दोस्रो बजारमा कारोबार हुँदा कायम कम्पनीको मूल्य लगायतको प्राविधिक विश्लेषण गर्नुपर्ने हुन्छ । यस किसिमको आधारभुत तथा प्राविधिक विश्लेषणले लगानीकर्ताको लाभ बढाउन र नोक्सान कम गर्न मद्दत गर्ने ब्यहोरो नेप्से स्मरण गराउँछ ।”
तर, यता लगानीकर्ताले भने नेप्सेले बजारमा अलिकति मात्रै पनि सुधार आयो भने विज्ञप्ति जारी गरेर तर्साउने गरेको आरोप लगाएका छन् । बजार लगातार दुईतीन हप्ता घटीरहँदा पनि नेप्सेले कुनै सुचना वा ध्यानाकर्षणको लागि विज्ञप्ति जारी नगर्ने तर दुई तीन दिन बजारमा लगातार सुधार देखियो भने विज्ञप्ति जारी गरेर लगानीकर्ता तर्साउने गरेको आरोप लगाएका हुन् ।

सेयर बजारका सफल लगानीकर्ताको रुपमा चिनिने कमल पन्थीले नेप्सेले प्रायः बजारमा लगातार सुधार आयो भने विज्ञप्ति जारी गर्ने तर घट्दा भने वास्ता नगर्ने गरेको बताएका हुन् । लगानीकर्ता पन्थीले भने कुनै पनि लगानीकर्ताले हचुवाको भरमा लगानी गर्दैन यो नेप्सेले भनिरहनु पर्ने विषय हैन, समयसापेक्ष लगानीकर्तालाई सचेत बनाउने नेप्सेको हो, हरेक पटक बजार बढ्दा मात्रै लगानीकर्तालाई तर्साउने गरी ध्यानाकर्षण गरिरहनु पर्दैन ।’ लगानीकर्तालाई ध्यानाकर्षण जुन कुनै पनि बेला गर्न सकिने बताउँदै उनले हरेक पटक बजार बढ्दा मात्रै विज्ञप्ति जारी गरेर ध्यानाकर्षणको नाममा लगानीकर्ता तर्साएको बताए ।


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...