back

मौद्रिक नीतिको समिक्षाः निषेधाज्ञा अवधिभर असुली तथा लिलामी प्रकृया अगाडी बढाउन नपाउने

nactional life

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो पटक समीक्षा गरेको छ । अर्थतन्त्रमा हुने फेरबदललाई नियाल्न र आवस्यक नीतिगत परिवर्तन गर्न केन्द्रिय बैंकले हरेक तीन महिनामा गर्ने यस्तो समिक्षा तेस्रो त्रैमास सकिएपछि आज गरेको हो । समिक्षा पश्चात राष्ट्र बैंकले केही नयाँ व्यवस्थाहरु गरेको छ । ती नीतिगत परिवर्तनको सार संक्षेप यस्तो छः

१. हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई अक्सिजन प्लाण्ट स्थापना गर्न ऋण मागेमा बैंक तथा वित्तीय संस्थाले आधार दरमै कर्जा उपलब्ध गराउनु पर्ने भएको छ । यसो गर्दा साधारण ब्याजदरभन्दा २–३ प्रतिशत सस्तोमै ऋण पाइने छ । यस्तो ऋण २० करोड रुपैयाँसम्म पाइन्छ । लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्ने हो भने ५० क करोडसम्म ऋण पाइने भएको छ ।

२. निषेधाज्ञा अवधिभर ऋण तिर्न नसकेका ग्राहकले बैंकलाई कुनै पनि हर्जना वा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बरु निषेधाज्ञाकै बखत बैंकको किस्ता वा व्याज तिर्ने ऋणीले ब्याजछुट पाउने संभावना रहन्छ । यसबीचमा किस्ता तिर्न नसके पनि पत्रिकामा फोटो छापिने छैन । निषेधाज्ञा सकिएको एक महिनासम्म बैंकले ऋण अशूली र लिलामी सम्बन्धि सूचना छाप्न पाउने छैनन् ।

३. बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर परिवर्तन गर्ने हो भने सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल खबर गर्नुपर्ने छ ।

४. अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक खोप, औषधीको किन्न र वितरण गर्नमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नु पर्ने छ । राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा पनि बैंकले सामाजिक सुरक्षा कोषबाट खर्च खर्च गर्न सक्ने छन् । यसले महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रजस्ता वैज्ञानिक प्रतिष्ठानहरुलाई सहायता पुग्नसक्छ ।

५. शेयरको धितोमा प्रवाह हुने मार्जिन कर्जा अहिलेजस्तै सहज पाइने छ । यसको सीमा पनि पहिलेभन्दा घटबढ भएको छैन । तर, धितो सुरक्षणको हिसाब गर्दा ६ महिनाको औसत मूल्यलाई आधार मान्नुपर्ने भएको छ ।

राष्ट्र बैंकद्धारा जारी तेस्रो त्रैमासिक समिक्षा प्रतिवेदन

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल लेन्डिङको दायरा विस्तार गर्दै...

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

स्वास्थ्य मन्त्री निशा मेहताको कडाइ : ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशन...

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

बीमा प्राधिकरणमा उजुरीको चाङ, चालु आर्थिक वर्षको १० महिनामा ५४३ मुद्दा कार्यसूचीमा, ३८६ अझै विचाराधीन

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४५

काठमाडौँ। नेपाल बीमा प्राधिकरणमा बीमा दाबी भुक्तानी तथा सेवा प्रवाहसँग...

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

ग्लोबल आइएमई र भाटभटेनी बीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड

वि.सं.२०८३ जेठ २५ सोमवार १५:४३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १५:०६

काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित...

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा १० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १७:०२

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल...