back

मौद्रिक नीतिको समिक्षाः निषेधाज्ञा अवधिभर असुली तथा लिलामी प्रकृया अगाडी बढाउन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो पटक समीक्षा गरेको छ । अर्थतन्त्रमा हुने फेरबदललाई नियाल्न र आवस्यक नीतिगत परिवर्तन गर्न केन्द्रिय बैंकले हरेक तीन महिनामा गर्ने यस्तो समिक्षा तेस्रो त्रैमास सकिएपछि आज गरेको हो । समिक्षा पश्चात राष्ट्र बैंकले केही नयाँ व्यवस्थाहरु गरेको छ । ती नीतिगत परिवर्तनको सार संक्षेप यस्तो छः

१. हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई अक्सिजन प्लाण्ट स्थापना गर्न ऋण मागेमा बैंक तथा वित्तीय संस्थाले आधार दरमै कर्जा उपलब्ध गराउनु पर्ने भएको छ । यसो गर्दा साधारण ब्याजदरभन्दा २–३ प्रतिशत सस्तोमै ऋण पाइने छ । यस्तो ऋण २० करोड रुपैयाँसम्म पाइन्छ । लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्ने हो भने ५० क करोडसम्म ऋण पाइने भएको छ ।

२. निषेधाज्ञा अवधिभर ऋण तिर्न नसकेका ग्राहकले बैंकलाई कुनै पनि हर्जना वा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बरु निषेधाज्ञाकै बखत बैंकको किस्ता वा व्याज तिर्ने ऋणीले ब्याजछुट पाउने संभावना रहन्छ । यसबीचमा किस्ता तिर्न नसके पनि पत्रिकामा फोटो छापिने छैन । निषेधाज्ञा सकिएको एक महिनासम्म बैंकले ऋण अशूली र लिलामी सम्बन्धि सूचना छाप्न पाउने छैनन् ।

३. बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर परिवर्तन गर्ने हो भने सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल खबर गर्नुपर्ने छ ।

४. अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक खोप, औषधीको किन्न र वितरण गर्नमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नु पर्ने छ । राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा पनि बैंकले सामाजिक सुरक्षा कोषबाट खर्च खर्च गर्न सक्ने छन् । यसले महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रजस्ता वैज्ञानिक प्रतिष्ठानहरुलाई सहायता पुग्नसक्छ ।

५. शेयरको धितोमा प्रवाह हुने मार्जिन कर्जा अहिलेजस्तै सहज पाइने छ । यसको सीमा पनि पहिलेभन्दा घटबढ भएको छैन । तर, धितो सुरक्षणको हिसाब गर्दा ६ महिनाको औसत मूल्यलाई आधार मान्नुपर्ने भएको छ ।

राष्ट्र बैंकद्धारा जारी तेस्रो त्रैमासिक समिक्षा प्रतिवेदन


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

यस कारण भदौमा अधिकांश बैंकको ब्याज बढ्ने

वि.सं.२०८० साउन ३० मंगलवार १६:२७

काठमाडौं । भदौमा अधिकांश बैंकहरुले निक्षेपतर्फको ब्याज बढाउने भएका छन्...

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो ग्लोबल आइएमई

वि.सं.२०८० साउन ३० मंगलवार १५:५७

काठमाडौँ । देशको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेड...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...