हरेक दिन नयाँ उचाईमा पुग्ने क्रम कायमैः ११ अर्बको कारोबार हुँदा नेप्से २९ सय बिन्दूको नजिक

वि.सं.२०७८ जेठ ४ मंगलवार

काठमाडौँ । पछिल्लो दिनहरुमा नेपालको सेयर बजारले हरेक दिन नयाँ रेकर्डलाई निरन्तरता दिएको छ । यहि शिलशिलामा नेप्से परिसूचक आज ३४.६८ अंकले बढेको छ । यो दिन कारोबारमा आएका २१५ कम्पनीको २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर किचबेच हुँदा ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको कारोबार भएको छ ।
यसरी नै यो दिन उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहको उपसूचकमा हरीयालि छाएको छ । यो दिन उत्पादन समूहको उपसूचक ५.२८ अंकले घटेको हो ।
२०७८ जेठ ४ गते प्रकाशित

प्रकाशित समय : ०९:४१ बजे