back

वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट राख्ने सम्झौता

काठमाडौं । वीर अस्पतालमा १८ शैयाको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज सम्झौता सम्पन्न भएाको छ । चौधरी फाउन्डेसनले देशकै जेठो अस्पतालको रुपमा रहेको वीर अस्पतालसँग सम्झौता गरेको हो ।

फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देव नारायण शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ । वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो ।
अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर–प्रतिघण्टा रहनेछ । यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिने फाउन्डेसनले जनाएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताए । “कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,” उनले भने, “हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।”

नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकलाई धन्यवाद दिए । “यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको निर्णयलाई हामी हृदयदेखि नै स्वागत गर्दछौं । यो वार्डले सयौं कोरोना बिरामीलाई जीवनदान दिनेछ भन्ने हाम्रो विश्वास छ,” उनले बताए ।

अक्सिजन प्लान्ट स्थापना गर्न लागेको नबिल बैंकका सीईओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जाहेर गरे । “जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ । त्यसैले पहिले अक्सिजनकै आपूर्तिमा लागेका हौं,” उनले भने । २०७८ जेठ ४ गते प्रकाशित


melung
निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१७

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८...

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकद्वारा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठसहित)

वि.सं.२०८० भदौ १ शुक्रवार १४:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय...

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

‘देशभित्रै उत्पादन बढाएर आन्तरिक राजस्वलाई बढाउने सरकारकाे नीति’: अर्थमन्त्री महत

वि.सं.२०८० साउन ३० मंगलवार १६:४२

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशभित्रै उत्पादन बढाएर आन्तरिक...

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

निर्माण व्यवसायीको समस्या सरकारले समाधान गर्छ भुक्तानी पनि हुन्छ: अर्थमन्त्री महत

वि.सं.२०८० साउन २९ सोमवार १६:२७

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र आन्दोलनरत निर्माण व्यवसायीबीच...

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

अर्थमन्त्रीको बैंकका सिइओलाई प्रश्न : बैंकिङ प्रणालीको समस्या के हो ? कर्जाको माग किन बढेन ?,समस्या सामाधान गर्न राष्ट्र बैंक र सरकारले के गरिदिनुपर्ने हो ?

वि.सं.२०८० साउन २९ सोमवार १६:१९

काठमाडौँ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे...

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

उकालो लाग्यो खराब कर्जा, मर्जरपछि ठूला बैंकमा झन् समस्या,डेढ खर्ब ऋण जोखिममाः कुन बैंकको छ धेरै कर्जा जोखिममा ?

वि.सं.२०८० साउन २४ बुधवार १७:०५

काठमाडौं । अरु देशमा जसरि सम्भावित जोखिमलाई घटाउन र व्यवसाय...