back

चौधरी फाउन्डेसनले १० करोड रुपैयाँ खर्च गरेर आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ ।

वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड र अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउन्डेसनले बताएकाे छ ।

यससम्बन्धी सहमतिमा एक-दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच हस्ताक्षर हुने भएकाे छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक-एक वटा अक्सिजन प्लान्ट स्थापना गरिनेछ ।

यस सम्बन्धमा दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको छ । वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा रहनेछ । यसअनुसार एकदिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ ।

कोभिड-१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्याउन चौधरी फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय गरेको हाे ।

उक्त निर्णय तत्काल कार्यान्वयनमा ल्याउने अन्तिम तयारीमा रहेकाे फाउन्डेसनले जनाएकाे छ ।

अक्सिजन प्लान्ट स्थापनाका लागि चौधरी फाउन्डेसनले आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्नेछ । अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात गर्न टिम अहोरात्र खटिएको र केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा हाल विद्यमान अक्सिजन अभावको समस्या समाधान गर्न सफल हुने फाउण्डेशनले बताएको छ । धनगढी र सुर्खेतमा स्थापना हुने अक्सिजन प्लान्टले दुवै प्रदेशको अक्सिजन माग पूरा गर्नेछन् ।

यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी गराएको छ ।

यी कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण गरिनेछन् । आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताएका छन् ।

‘अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो । यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्’, उनले भने, ‘हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौं ।’

चौधरी फाउन्डेसनले गत वर्ष कोरोना महामारीको पहिलो लहरका बेला आपतकालीन सहयोग कार्यक्रम अन्तर्गत देशभरका २ सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क उपलब्ध गराएको थियो ।

साथै, देशका अस्पतालहरूलाई भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइएको थियो । फाउन्डेसनले केन्द्रीय प्रयोगशाला टेकु र धुलिखेल अस्पतालका लागि १ हजार थान पीसीआर रिएजेन्टसमेत उपलब्ध गराएको थियो ।

चौधरी ग्रुपले हरेक विपदमा जनताको साथमा रहेर उनीहरूको पीडामा साथ दिँदै आएको इतिहास छ ।

२०७२ सालको महाभूकम्पपश्चात् चौधरी फाउन्डेसन भूकम्पबाट घरबारविहीन बनेका २,५०० भन्दा बढी परिवारका लागि आवास र ५० भन्दा बढी विद्यालय निर्माणमा सहभागी बनेको थियो ।

२०७८ जेठ २ गते प्रकाशित ।


अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

करको क्षेत्रमा आवश्यकता अनुसार काम हुन सकेन : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:०६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर र राजस्वको क्षेत्रमा आवश्यकता...

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्न कानून निर्माण भएका छन् : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ १४ सोमवार १३:०९

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या समाधान गर्नको...

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

वि.सं.२०८१ माघ १३ आइतवार १७:३२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका...