back

एशियन लाइफको नाफा ३९.३१ प्रतिशतले बढ्यो

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३९.३१ प्रतिशतले बढेको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीले समिक्षा अवधिमा १८ करोड २१ लाख ११ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा १३ करोड ७ लाख २२ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यसरी नै कम्पनीले समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ४८.१० प्रतिशतले बढेको छ । चैत सम्म ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको यो कम्पनीको गत आर्थिक वर्षको समिक्षा अवधिमा ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

हालसम्म कम्पनीको कूल बीमा शुल्क २६.२८ प्रतिशत बढेर २९ अर्ब ४४ करोड ६४ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७२.१३ प्रतिशतले बढेर ७२ करोड २४ लाख ६१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ४१ करोड ९७ लाख १९ हजार रुपैयाँ गरेको थियो ।
यस अवधिमा कम्पनी विभिन्न क्षेत्रमा कर्जा लगानी २९ प्रतिशतले बढेर १ अर्ब ४२ करोड ८२ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा विभिन्न क्षेत्रमा कर्जा लगानी १ अर्ब १० करोड ७१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष २६.१७ प्रतिशतले बढेर २५ अर्ब ४२ करोड ८ लाख २७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष २० अर्ब १४ करोड ८० लाख ३२ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ४७.२८ प्रतिशतले बढेर ७३ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ४९ करोड ५९ लाख २४ हजार रुपैयाँ रहेको थियो ।

२०७८ वैशाख ३० गते प्रकाशित

 


महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०८२ असार २३ सोमवार १९:११

काठमाडौं । महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

वि.सं.२०८२ असार २३ सोमवार ११:१२

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

वि.सं.२०८२ असार १९ बिहीवार १५:३०

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत...

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

दुई प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी कम्पनीहरु बिचसम्झौता प्रक्रिया अन्तिम चरणमा

वि.सं.२०८२ असार १९ बिहीवार १५:१२

काठमाडौं । हाइटार–शीतलपाटी ४०० केभी र लामाबगर–बाह्रबीसे २२० केभी प्रसारण...