back

निजी क्षेत्रमा कर्जा प्रवाह ३.८ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?(डाटासहित)

काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १३.१ प्रतिशतले बढेको थियो।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३६.७ प्रतिशत रहेको थियो। समीक्षा वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ७.६ प्रतिशतले र वित्त कम्पनीहरुको ०.६ प्रतिशतले बढेको छ ।

२०८० असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६८.० प्रतिशत कर्जा घर जग्गाको धितोमा र ११.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

२०७९ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.४ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २१.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.० प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.६ प्रतिशतले र हायर पर्चेज कर्जा १.३ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६.२ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ६७.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १३.२ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.२ प्रतिशतले घटेको छ ।

 


Kageshwori manohara
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

बिवाईडिका गाडी किन्न सस्तो ब्याजमै ऋण दिदै सिटिजन्स बैंक

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:४२

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवल रुपन्देही स्थित...

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:२३

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो...

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वित्तीय ठगीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं : नेपाल राष्ट्र बैंक

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:१७

काठमाडौं । नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिका लहलहैमा लागेर पैसा...

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

नेशनल लाइफले बाल अस्पताल निर्माणका लागि ७५ लाख रुपैयाँ सहयोग गर्ने

वि.सं.२०८० मंसिर ११ सोमवार २१:२५

काठमाडौँ । नेशनल लाइफ इनस्योरेन्स कम्पनी र काठमाडौँ इन्ष्टिच्यूट अफ...