‘अर्थतन्त्रः अबको बाटो’ ; ‘निक्षेपको ब्याजदर घटेर मात्रै हुँदैन, कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक’ छ: पूर्व अर्थमन्त्री खतिवडा
निक्षेप बढ्यो भनेर सन्तुष्ट भएर बस्नु हुँदैन’

वि.सं.२०७९ माघ ५ बिहीवार

काठमाडौं । पूर्वअर्थमन्त्री युवराज खतिवडाले उनले बैंकहरुको ब्याजदर मात्र घटेर मात्रै नहुने बताएका छन् ।नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तरक्रियामा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा उनले भने,–‘ब्याजदर मात्र घटेर केही हुँदैन, हामीलाई चाहिएको उत्पादन वृद्धि, रोजगार वृद्धि, आयात कम कसरी गर्न सकिन्छ भन्ने नै हो ।’ उनले कर्जाको ब्याज कम दोहोरो अंकमा आवश्यक रहेको बताए ।
उनले भने,–‘ एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक छ । तर, कर्जाको ब्याज आज नै एकल अंकका आउन सक्दैन ।’
अहिलेको अवस्थामा निक्षेपको ब्याजदर एकल अंकमा आए पनि कर्जाको ब्याजदर १० प्रतिशतभन्दा तल नझर्ने उनको भनाई थियो । ‘पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढिरहेको छ, हाम्रो प्राथमिकता उत्पादन वृद्धि र निर्यात वृद्धिमा हुन आवश्यक छ । निक्षेपको ब्याजदर एकल अंकमा आउने हो, कर्जाको हैन ’–उनले भने ।
नेपाली अर्थतन्त्रलाई सहि दिसामा लैजानका लागि उत्पादन वृद्धि गर्नुका साथै हरेक क्षेत्रमा थप लगानी ल्याउनु आवश्यक रहेको उनको भनाई छ । उनले भने,– ‘नेपाली अर्थतन्त्रलाई सन्तुलन गर्न उत्पादनमा जोडदिनु आवश्यक छ, अब हरेक क्षेत्रमा थप ल्याई तत्कालीन क्षमता बढाउने योजना आवश्यक देखिएको छ।’
उनले २० प्रतिशत भन्दा बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ र पुँजीगत सामानको आयात घटेको जानकारी गराए । ‘यसको असर उत्पादन वृद्धि, रोजगार र निर्यातमा परेको छ । निक्षेप बढ्यो भनेर सन्तुष्ट भएर बस्नु हुँदैन’–उनले भने ।
अहिलेको अवस्थामा १५/१६ प्रतिशत आयात बढ्ने हो भने भुक्तानी सन्तुलनमा असर पर्ने भएकाले औद्योगिक क्षमता बढाउनु आवश्यक रहेको बताए ।

प्रकाशित समय : १०:१५ बजे