सगरमाथा इन्स्योरेन्सको नाफा ६३.९३ प्रतिशतले बढ्यो

वि.सं.२०७८ वैशाख २२ बुधवार

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६३ दशमलव ९३ प्रतिशतले नाफा बढाएको छ । यो अवधिमा इन्स्योरेन्सले २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको समिक्षा अवधिमा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले ९५ करोड २९ लाख १ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यो अवधिमा ८० करोड ६७ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । दाबी भुक्तानी हुन बाँकी रहेको रकम १ अर्ब १८ करोड ४ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिको तुलनामा २६।७६ प्रतिशतले बढेको छ ।
१ अर्ब १२ लाख २३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४८ करोड ३४ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोषको आकार ९५ करोड ६६ लाख ३८ हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ६३ पैसा रहेको छ ।

प्रकाशित समय : ०७:२३ बजे