रियल मीको नयाँ मोडल नेपालमा, मुरारका ग्रुपसँको सहकार्यमा नार्जो सेरिज भित्रियो

वि.सं.२०७८ मंसिर १८ शनिवार

काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएकोछ । संसारमै सबैभन्दा चाँडो दस करोड फोन बिक्री गर्न सफल र नेपालमा सबैभन्दा छिटो वृद्धिभइरहेको रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अपनार्जो फिफ्टी सेरिजः NARZO 50I र NARZO 50A ल्याउने भएको हो ।
लन्च कार्यक्रममा बोल्दै मुरारका ल्याउने ग्रुपका डिरेक्टर शिरिष मुरारका संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले भने ‘यो सँगै हाम्रो मुख्य उद्धेश्य भनेको हाम्रो उपभोक्ताहरुलाई बेस्ट इनक्लास उत्पादनहरु दिने हो र यहि सिलसिलामा हामीले हाम्रो पहिलो लन्चको रुपमा रियलमीको नार्जो सेरिज NARZO 50A र NARZO 50I ल्याएका छौँ जुन हाम्रो उपभोक्ताको लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएकाअत्याधुनिक प्रविधि युक्त फोनहरु हुन् । यीदुइफोनहरुको आगमनसँगै रियलमीले नेपालीयुवाको गेमिङअनुभवलाई अझनिखार्दै थप नेपालीप्रयोगकर्ताहरुको मन जित्ने लक्ष्यलिएको छ।’
RealMeNARZO 50A को बारेमा
यसमा MediaTekHelio G85 चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर रहेको छ । कम्पनीका अनुसार पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो । जसमा पर्याप्त पावर रहेको हुनाले प्रयोगकर्ताले आरामले गेम खेल्न सकिनेछ ।
यो सेग्मेन्टमै सबैभन्दा शक्ति शाली ५० एमपि ट्रिपल एआई क्याामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामाभएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ ।
साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटो ग्राफि गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोर्ट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।
साथै यसको अगाडिपट्टि रहेको AI ब्युटी, पोर्ट्रेट मोड र अन्यफिचर्सयुक्तहाइ डेफिनिसन ८ एमपी क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमाभएको ६००० एमएएचको ब्याट्रिले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइमोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ ।
साथै यसमा स्पेसल ओटिजि रिभर्स चार्ज र १८ वाट फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टीमिटर (६.५“) को मिनी ड्रप डिस्प्ले भएको RealMe NARZO 50A मा अडियो र भिडियोको आनन्दलिँदै मजाले गेम खेल्न सकिन्छ ।
सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइन युक्त RealMe NARZO 50A मा इन्स्ट्यान्ट फिङर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसनभएकोले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा ३ वटा कार्ड स्लट भएकोले २ वटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२ GB को )राख्न सकिन्छ,जुन २५६ GB सम्म एक्स्पान्ड गर्न सकिन्छ । यो ४ GB +६४ GB र ४ GB +१२८ GB को स्टोरजमा अक्सिजन ग्रीन र अक्सिजन ब्लुमा उपलब्ध छ ।
RealMeNARZO 50I को बारेमाः
यो सेगमेन्टको सबैभन्दा स्टेबल पर्फर्मर RealMe NARZO 50I मा शक्तिशाली Unisoc 9863 अक्टा–कोर प्रोसेसर र उत्तिकै शक्तिशाली ५००० MAH को ब्याट्रि रहेको छ जुन स्ट्यान्डबाइ मोडमा ४३ दिनसम्म टिक्नसक्ने कम्पनीले जनाएको छ ।
साथै यसमा भएको सुपर पावर सेभिङ मोडले गर्दा ब्याट्रिको खपत अप्टिमाइज हुन्छ र यसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्ने हुँदा मोबाइल फोन र अन्य ब्क्ष्यत् उत्पादनहरु जस्तै त्ध्क् हेडफोन, स्मार्टवाच, र स्मार्ट–ब्यान्ड पनिचार्ज गर्न मिल्छ ।
यसको १६.५ सेन्टिमिटर (६.५“) को ठूलो डिस्प्ले र ८९.५ % स्क्रिन–टु–बडी रेसियोले गर्दा यसमा भिडियो हेर्न खास मजा आउँछ। RealMe 50 I को ८.९mm को सुपर स्लिम ट्रेन्डसेटिङ् डायगोनल स्ट्राइप डिजाइनले अरुको भन्दाआकर्षक र लेटेस्ट फोन चलाउनचाहने युवा पुस्ताको सजिलै मन जित्नेछ।
यसमा भएको ८ MP को AI क्यामरा र f2.) को लार्ज अपर्चरले पर्याप्त लाइट (प्रकाश) लिएर ३२६४ं८२४४८ सम्मको हाइ रेजोलुसन तस्बिर खिच्नुको साथै १०८०p को फुलएच् डि भिडियो पनि रेकर्ड गर्न सक्छ । यो ट्याब्लेटमा पनि ३ वटा कार्ड स्लट भएकोले गर्दा यसमा २ वटा नानो सिम कार्ड र एउटा Micro USD पनि राख्न मिल्छ। र यसले २५६ GB सम्मको मेमोरी एक्स्पान्सन सपोर्ट गर्छ। यो मिन्ट ग्रीन र कार्बन ब्ल्याकमा २ GB+३२GB र ४GB+६४GB को स्टोरजमा उपलब्ध छ ।

प्रकाशित समय : १४:१४ बजे