सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर
वि.सं.२०७८ वैशाख १९ आइतवार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतवार सुनको मूल्य १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला ९० हजारमा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ९०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला १०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला ८९ हजार ४५० मा कारोबार भएको थियो ।
यस्तै, आइतवार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रवार प्रतितोला १ हजार २९५ मा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा खरीदविक्री भइरहेको छ ।
प्रकाशित समय : ०७:०२ बजे