बैंक तथा वित्तीय क्षेत्रतर्फ बढी आयकर तिरेकोमा नविल बैंक लगातार दोस्रो पटक सम्मानित

वि.सं.२०७८ मंसिर १ बुधवार

काठमाडौँ । बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर तिरेकोमा नविल बैंक आज पुनः दोस्रो पटक सम्मानित भएको छ । आज राष्ट्रिय कर दिवसको दिन आर्थिक वर्ष ०७६–७७ मा सबैभन्दा बढी आएकर तिरेकोमा सरकारले नविललाई सम्मान गरेको हो ।
आज एक कार्यक्रमकाबीच अर्थमन्त्री जनार्दन शर्माले बैंकका सिईओ अनिल केशरी शाहलाई उक्त सम्मान पत्र प्रदान गरेका छन् । आर्थिक वर्ष ०७५÷०७६ समेत नविलले सोही सम्मान पत्र प्राप्त गरेको थियो । यो सँगै नविल बैंकले लगातार दुई आर्थिक वर्षमा सरकारलाई बैंक तथा वित्तिय क्षेत्रबाट आयकर तिर्नेमा अधिपत्य जमाएको हो ।

प्रकाशित समय : ०९:२० बजे