back

समाजवादको आधार तयार पार्न काममा साथ दिन पत्रकारहरुलाई अर्थमन्त्री शर्माको आग्रह

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यकता रहेको बताए ।

उनले प्रेस सेन्टर नेपाललाई समृद्धिको प्रवक्ताको रुपमा काम गर्न समेत आग्रह गरे यस्तै उनले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस)लाई आग्रह गरे । जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रको रुपमा रहेको राससलाई थप परिस्कृत र प्रभावकारी बनाउन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधै तयार रहेको उनले बताए । उनले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत र साधनका लागि आफूले प्रयास गर्ने आवश्वासन दिए ।

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका उनले जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने ध्येयका साथ बेला बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे । युद्धको जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको पक्षमा प्रतिवद्ध भएर कलम चलाउनुका साथै गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिए । कृष्णसेन इच्छुक जस्ता शहिदको बलिदानले स्थापित भएको संगठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उल्लेख गरे ।


आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १४:५८

काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने...

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२०

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय...

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:३९

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:०९

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय...

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ भदौ २३ आइतवार १३:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १...

जर्मनले नेपाललाई ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

जर्मनले नेपाललाई ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

वि.सं.२०८१ भदौ २२ शनिवार ११:१४

काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायतासम्बन्धी द्विपक्षीय...