back

मेगा बैंकले शुरु गर्यो ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ। मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका १, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर १, चौतारा साँगाचोकगडी नगरपालिका वडा नम्बर ४ र धादिङ्ग जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ्ग सेवाको विस्तार गरेको हो ।

शाखारहित सेवा सञ्चालनका लागि बैंकले भोक्राहा नरसिंह गाउँपालिका १, सुनसरीमा प्रबिन कुमार मेहता, पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर १, सिन्धुपाल्चोकमा महेश दास श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ४ कुभिन्डे, सिन्धुपाल्चोकमा दुर्गाप्रसाद सापकोटा र ज्वालामुखी गाउँपालिका वडा नम्बर २ सातदोबाटो, धादिङ्गमा नारायणप्रसाद सिम्खडालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधिमार्फत खाता खोल्ने ब्यवस्था गर्ने, दैनिक खातामा रकम जम्मा गर्ने, झिक्ने, नेपाल टेलिकम, एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधाका साथै सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानीको लागि आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने ब्यवस्था रहेको छ ।

बैंकले स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रमा बैंकिङ्ग पहुँच पुर्याउने उद्देश्यले हलोदेखि हाइड्रोसम्म सेवा प्रदान गर्ने लक्ष्यका साथ ग्रामीण क्षेत्रलाई प्राथमिकता दिई कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । शाखारहित बैंकिङ्ग सेवा ग्रामीण क्षेत्रमा वित्तीय सेवा प्रवाह गर्ने महत्वपूर्ण औजारको रुपमा रही आएको छ ।


बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...