back

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा

काठमाडौँ । डिशहोमले यो वर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ।

गत असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए। कात्तिक १७ गते बुधबार गरिएको लक्की ड्रमार्फत प्रभु टीभी जडान गर्ने काठमाण्डौका ध्रुव कार्की (CasID 2549606982) र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई (CasID 02564177952) छानिएका हुन्।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो। विजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।

यो “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अझै पनि डिशहोम, प्रभु टीभी, सिम टीभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध छ।


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०४

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब रेमिट्यान्स...