back

कुल बजेटको ३७ प्रतिशतमात्र खर्च

काठमाडौँ । काठमाडौँ महानगरपालिकासँग आर्थिक वर्ष २०७७÷७८ मा १५ अर्ब ५६ कोड १५ लाख १४ हजार रुपैयाँको बजेट थियो ।
गत असारसम्ममा ५ अर्ब ७१ करोड १२ लाख ७० हजार रुपैयाँ खर्च भयो ।

महानगरको बजेटमा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ बचत भयो । अर्थात गत आर्थिक वर्षमा काठमाडौँ महानगरले कुल बजेटको एक आर्थिक वर्षमा महानगरले कुल बजेटको ३६ दशमलव ७ प्रतिशत मात्र खर्च ग¥यो ।

महनगरले बजेट विनियोजन गरेका कतिपय शीर्षकमा खर्च नै भएको छैन । कुनै शीर्षमा लक्ष्यको १० प्रतिशत भन्दा पनि कम खर्च भएको छ । विनियोजित बजेट खर्च नहुनुमा कोरोना सार्वजनिक खरिद ऐन र नियमावली तथा कोरोना महामारी मुख्य कारण रहेको महानगरका अधिकारीहरूको भनाइ छ ।

कोरोनामा साढे १२ करोड खर्च
काठमाडौँ महानगरले कोरोना महामारी बढ्दै गरेको अवस्थामा आर्थिक वर्ष ०७७÷७८ को बजेट प्रस्तुत गरेको थियो । बजेट पारित गर्दै गर्दा महानगरका मेयर विद्यासुन्दर शाक्यले कोरोना संक्रमण रोकथाम र असर न्युनीकरणका लागि विशेष कार्यक्रमहरू ल्याएको बताएका थिए ।

बजेटमा कोरोनाकै सन्दर्भमा २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा आधाभन्दा मात्रै खर्च गरेको छ ।

कोरोनामा ‘उद्धार, राहत तथा पुनस्र्थापना खर्च’ शीर्षकमा २५ करोड ६८ लाख २५ हजार रुपैयाँ बिनियोजन गरेकमा १२ करोड ६६ लाख ५८ हजार रुपैयाँ खर्च भएको महानगरको वित्त विभागले जनाएको छ ।

विभागका प्रमुख बुद्धरत्न मानन्धरका अनुसार महानगरले करिब ७ करोड रकम अस्पतालका लागि खर्च ग¥यो ।

महानगरले क्षत्रपाटी चिकित्सालयमा कोभिड अस्पताल सञ्चालन ग¥यो ।
त्यस्तै महानगरले ३२ वटै वडामा राहत (खाद्यन्न) सामग्रीमा ५७ लाख १० हजार ५ सय, विभिन्न संघसंस्थाहरुलाई केन्द्रबाट राहत सामग्री वितरणका लागि २४ लाख ८७ हजार २ सय खर्च गरेको छ ।

त्यस्तै महानगर क्षेत्रभित्र डिसइन्फेक्सन छर्कने कार्यक्रममा १९ लाख ९४ हजार ७ सय, एम्बुलेन्स सेवामार्फत भुक्तानी ८ लाख ३७ हजार ५ सय र विभिन्न सञ्चारमाध्यममा सुचनामुलक सुचना प्रसारणमा २२ लाख २ हजार रकम खर्च गरेको छ ।
महानगरले धुनिवेशी, ककनी र तारकेश्वर नगरपालिकालाई राहत वितरण अनुदान स्वरुप ३३ लाख, कोभिड १९ रोकथाम र नियन्त्रण गर्ने सामग्री खरिदका लागि ५९ लाख ८७ हजार रुपैयाँ खर्च गरेको तथ्याङ्कमा उल्लेख छ ।

३२ वटै, वडामा महानगरवासीको कोरोना परीक्षण, मास्क स्यानिटाइजर वितरण, महानगरभित्र डिसइन्फेक्सन, स्थानमा आइसोलेसन बेड लगायतका कार्यक्रमहरूमा बजेट खर्च भएको मानन्धर बताउँछन् ।

न्यून खर्च
काठमाडौँ महानगरले सडक तथा पूल निर्माणाका लागि २ अर्ब २७ करोड ३२ लाख ८६ हजार रकम बिनियोजन गरेकोमा ८७ करोड ७१ लाख २९ हजार रकम खर्च भएको छ । यो खर्च लक्ष्यको करिब ३९ प्रतिशतमात्रै हो ।
अन्य सार्वजनिक निर्माणका लागि ३ अर्ब २७ करोड ५० लाख २५ हजार बिनियोजन गरेकोमा ७० करोड ९२ लाख ९७ हजार खर्च भएको छ । यो खर्च लक्ष्यको करिब २२ प्रतिशत मात्रै हो ।
गैरआवासीय भवन निर्माण÷खरिदका लागि छुट्याएको १ अर्ब १२ करोड ९२ लाख ५४ हजारमध्य ११ करोड ४ लाख २ हजार मात्र खर्च गरेको भएको छ । यो खर्च लक्ष्यको १० प्रतिशत भन्दा पनि कम हो ।

शून्य खर्चका शीर्षकहरू
महानगरले गत आर्थिक वर्षमा पशुपन्छी आहाराका लागि २० लाख रुपैयाँ छुट्याएको थियो । त्यो रकम खर्च भएको छैन ।
त्यस्तै कर्मचारी कल्याण कोषका लागि १२ लाख, वैदेशिक ऋण ब्याजका लागि २ करोड ९० लाख, गैरवितत्तीय संस्थानहरूलाई चालु सहायताका लागि ९ करोड ५० लाख रकम छुट्याए पनि खर्च भएको छैन ।

भइपरी आउने चालु खर्चका लागि २ लाख, पुँजीगत तर्फ १ अर्ब ४१ करोड ७२ लाख ८७ हजार, अन्य भाडाका लागि १ लाख, तटबन्ध तथा बाधनिर्माणका लागि छुट्याएको १ करोड रुपैयाँ खर्च भएको छैन ।

किन खर्च हुदैन बजेट ?

भौतिक पूर्वाधारतर्फ काम हुन नसक्नुमा खरिद प्रक्रिया मुख्य समस्या रहेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताउदै आएका छन् ।
‘असारमा बजेट पास गर्ने, साउनदेखि लागु हुने, खरिद प्रक्रिया भदौदेखि, टेन्डर गर्न चार महिना लाग्ने, एउटा उजुरी प¥यो भने सातआठ महिना लाग्ने, यस्तो छ हाम्रो अवस्था’ उनले एक कार्यक्रममा भनेका थिए, ‘एउटा आर्थिक वर्षमा यी प्रक्रिया पूरा गर्ने अनि काम अर्को वर्षमा गर्नुपर्ने अवस्था छ ।’
यिनै कारण समयमै भौतिक तथा पूर्वाधार निर्माणको काम हुन नसकेको मानन्धर बताउँछन् ।

‘गत आर्थिक वर्ष भौतिक पूर्वाधारमा ३५ प्रतिशत बजेट मात्र खर्च भयो,’ उनले भने, ‘प्राविधिक जनशक्तिको अभाव पनि छ, त्यसमाथि कोभिडले धेरै काम रोकियो ।’
खर्च नभएको बजेट फिर्ता हुन्छ ।

संघीय सरकारमार्फत ३ अर्ब २१ करोड ८० लाख, प्रदेश सरकारमार्फत ४ अर्ब ४० करोड ३३ लाख बजेट काठमाडौँ महानगरलाई आएको थियो ।
वित्त विभाग प्रमुख मान्धरका अनुसार महानगरले आफ्नो आन्तरिक स्रोतबाहेक प्रदेश र संघबाट आएको बजेटबाट आएर खर्च नभएको रकम फिर्ता गर्छ ।

 


यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

ललितपुर महानगरले ‘ए’डिभिजनका राम्रा खेलाडीलाई पारिश्रमिक दिने

ललितपुर महानगरले ‘ए’डिभिजनका राम्रा खेलाडीलाई पारिश्रमिक दिने

वि.सं.२०८१ माघ २० आइतवार १६:४६

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरका एक उत्कृष्ट...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली माविलाई

मन्थली नगर स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली माविलाई

वि.सं.२०८१ माघ १९ शनिवार १७:१६

रामेछाप । मन्थली नगरपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...