back

सिभिल बैंकको नाफा २०१.८७ प्रतिशतले बढ्यो

काठमाडौँ । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा २०१।८७ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा बैंकको नाफा ९ करोड ६६ लाख ७८ हजार रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा बैंकको वितरयाणयोग्य नाफा ६० करोड २८ लाख ४६ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको सुधारले नाफा बढाएको छ । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४९ करोड ७६ लाख ७५ हजार रुपैयाँबाट बढेर ७१ करोड ७ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यस्तै, सञ्चालन मुनाफा १३ करोड ८२ लाख ३१ हजार रुपैयाँबाट बढेर ४२ करोड ६४ लाख ७ हजार रुपैयाँ पुगेको छ ।

८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड २० लाख १४ हजार रुपैयाँ रहेको छ । चालु आवको तीन महिनामा ९२ अर्ब ७३ करोड ९० लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८१ अर्ब ९२ करोड ९४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५० प्रतिशतबाट घटेर ०.९६ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ८८ पैसा रहेको छ ।

२०७८ कात्तिक १५ गते प्रकाशित


आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

आइएफसीले नेपालमा लगानी विस्तार गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १४:५८

काठमाडौं ।अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने...

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोरियाले डेढ अर्ब सहयोग गर्ने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२०

पोखरा । गण्डकी प्रदेश सरकारले सञ्चालनमा ल्याएको गण्डकी प्राविधिक शिक्षालय...

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

अनलाइन भुक्तानीमा उपभोक्ताले तिरेको भ्याटको १० प्रतिशत रकम फिर्ता पाउने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:३९

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय...

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:०९

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय...

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ भदौ २३ आइतवार १३:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १...

जर्मनले नेपाललाई ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

जर्मनले नेपाललाई ५१ मिलियन युरो अनुदान सहायता उपलब्ध गराउने

वि.सं.२०८१ भदौ २२ शनिवार ११:१४

काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारकारबीच विकास सहायतासम्बन्धी द्विपक्षीय...