back

फेसबुक कम्पनीको नाम परिवर्तन, के अब फेसबुक एपमा पनि परिर्वतन आउँछ त ?

काठमाडौँ। फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरेको छ । नाम परिर्वतन गरी ‘मेटा’ राखेको हो। जुन फेसबुकको व्यापक रिब्रान्डिङको हिस्सा हो।

कम्पनीले अब सोसल मिडियाबाट भर्चुअल रियालिटीमा आफ्नो पहुँच बढाउने घोषणा पनि गरेको छ। नामको परिवर्तन अलग–अलग प्लेटफर्महरु जस्तै– फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा भने गरिने छैन।

यो परिवर्तन यी सबै प्लेटफर्महरुको स्वामित्व भएको प्यारेन्ट कम्पनीका लागि गरिएको हो। अर्थात प्यारेन्ट कम्पनीको नाम अब मेटा भएको छ र फेसबुक, ह्वाट्सएप र इन्स्टग्राम यसको हिस्सा हुनेछन्।

एक पूर्वकर्मचारीबाट विभिन्न दस्तावेज लिक भएपछि आइरहेका नकारात्मक नतिजाहरुकै समयमा फेसबुकको नाम परिवर्तन गरिएको छ। ती कर्मचारीले फेसबुक प्रयोगकर्ताहरु विवरण सुरक्षाभन्दा पनि नाफा कमाउन उदत्त रहेको आरोप लगाइरहेका छन्।

फेसबुकका मालिक मार्क जुकरबर्गले नयाँ नाम मेटावर्स प्लानको एउटा हिस्सा भएको बताएका छन्। मेटावर्सको अर्थ एउटा अनलाइन दुनियाँ हो। जहाँ मानिसहरु भर्चुअल गेम खेल्न सक्छन्। कामसँगै सम्पर्क स्थापित गर्न सक्छन्। यसलाई भीआर (भर्चुअल रियालिटी) हेडसेट्स पनि भनिन्छ।

त्यसो त सन् २०१५ मा पनि गुगलले यस्तै किसिमको कदम उठाएको थियो। उसले पनि प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरी अल्फाबेट गरेको थियो। यद्यपि यो नाम प्रचलनमा रहेको छैन। – एजेन्सी
२०७८ कार्तिक १२ गते प्रकाशित


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

मन्त्रिपरिषद्को बैठकद्वारा अर्थतन्त्रबारे सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

वि.सं.२०८१ असोज २२ मंगलवार १५:०५

काठमाडौं । नेपालको अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष : १ अर्ब ५७ करोड भन्दा माथि जम्मा, कुन सस्थाले कति सहयोग गरे ?

वि.सं.२०८१ असोज २२ मंगलवार १०:४२

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर...

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

नेपाल र बङ्गलादेश विद्युत् व्यापारसम्बन्धी ऐतिहासिक सहमतिपत्रमा हस्ताक्षर : अव नेपालले ‘बंगलादेश विद्युत निर्यात गरेर वार्षिक ९.२ मिलियन कमाउँछ

वि.सं.२०८१ असोज १७ बिहीवार १७:४७

काठमाडौं । नेपाल र बंगलादेशबीच विद्युत निर्यातको लागि सम्झौता भएको...

नेपालको बिजुली पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिँदै, युनिटको साढे ९ रुपैयाँ

नेपालको बिजुली पहिलोपटक बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिँदै, युनिटको साढे ९ रुपैयाँ

वि.सं.२०८१ असोज १७ बिहीवार १०:४३

काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली बङ्गलादेश...