नेपाल बंगलादेश बैंकको लाभांश घोषणा
वि.सं.२०७८ असोज २४ आइतवार
काठमाडौँ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७–७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
२०७८ असोज २४ गते प्रकाशित
प्रकाशित समय : १२:२२ बजे