back

सामलिङ्ग पावरको आईपीओ बाँडफाँड

काठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजनाबाट अति प्रभावितका लागि निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले पहिलो चरणमा आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयवासीका गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म आईपीओ निष्कासन गरेको थियो। कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो।

आयोजना अति प्रभावित समूहका लागि छुट्याईएको सेयरका लागि ३ हजार २५५ योग्य आवेदनहरु परेको थियो। आयोजना अति प्रभावित समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन्।

त्यस्तै आयोजना प्रभावित समूहका लागि छुट्याइएको सेयरका लागि १७ हजार ७८९ योग्य आवेदनहरु परेको थियो। आयोजना प्रभावित समूहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन।

पहिलो चरणको साधारण सेयर बाँडफाँड गरेसंगै कम्पनीले सार्वसाधारणहरुका लागि पनि साधारण सेयर निष्कासन गर्ने अन्तिम तयारी थालेको समेत बताएको छ।

कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी गत असोज १ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ।

२०७८ असोज २१ गते प्रकाशित


यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने

लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने

वि.सं.२०८१ माघ २० आइतवार १७:२७

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक प्रारम्भिक सार्वजनिक निष्काशन...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...