back

चौरजहारीमा किसानलाई पेन्सन

काठमाडौँ । चौरजहारी नगरपालिका रुकूमपश्चिमले कृषकलाई पेन्सन दिन लागेको छ । पेन्सन दिन कृषकबाट निवेदन सङ्कलन गरिएको छ । सो निवेदनबाट कृषक छनोट गरी छनोटमा परेका कृषकलाई मासिक रु एक हजारका दरले पेन्सन दिइने छ ।

आव २०७७÷७८ को निर्णयलाई चालू आवबाट कार्यान्वयनमा ल्याउन लागिएको हो । पेन्सन दिनका लागि कार्यविधि निर्माण भइसकेको कृषि शाखाका प्रमुख विमल खड्काले बताए।

उनले भने, “किसान पेन्सनका लागि चालू आवको पहिलो चरणमा रु पाँच लाख विनियोजन गरिएको छ, विभिन्न खेती, कृषिबाली र पशुपालनमा लागेका किसानलाई पेन्सन दिने योजना बनाएका छौँ ।”

त्यसका लागि व्यक्तिगत वा भाडाको जग्गामा कम्तीमा तीन रोपनी व्यावसायिक तरकारीखेती, पुष्पखेती वा नर्सरी स्थापना गरेको हुनुपर्नेछ । खाद्यान्न तथा तरकारीको बीउ उत्पादन गर्ने किसानले पाँच रोपनी जग्गामा खेती गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै पाँच रोपनीमै आँप, लिची, केरालगायत फलफूलखेती गरिरहेका किसान पनि पेन्सनका लागि योग्य मानिने कार्यविधिमा उल्लेख छ । पच्चीस माउ भेडा वा बाख्रा पालेका, कम्तीमा तीन दूध दिने भैँसी वा उन्नत जातका गाई पालेका किसानले पनि पेन्सनका लागि निवेदन दिनसक्ने नगरपालिकाले जनाएको छ । पाँच सय लेयर्स वा ब्रोइलर, १०० लोकल कुखुरा, कालिज, टर्की वा २५० बट्टाई पालेका किसानलाई पनि पेन्सनका लागि योग्य मानिएको छ ।

निरन्तर पाँच वर्षदेखि व्यावसायिक कृषिमा संलग्न किसान पेन्सनमा छनोट हुने नगर प्रमुख विशाल शर्माले बताए । यसका लागि चौरजहारीको स्थानीय बासिन्दा भने हुनुपर्नेछ । प्रमुख शर्माले भने, “व्यावसायिक कृषिमा लागेका किसानलाई सधैँभरि पेन्सनको परिकल्पना गरेर कार्यक्रम अघि बढाइएको हो, पेन्सनबापतको रकम हरेक चौमासिकमा किसानको खातामा जम्मा हुनेछ ।” पेन्सनबापत दिइने रकम जम्मा हुनुअघि व्यवसाय निरन्तर गरे÷नगरेको अनुगमन गरेर मात्र सो पैसा खातामा जानेछ । व्यवसाय छाडेको खण्डमा भने पेन्सन रोक्का गरिनेछ ।

२०७८ असोज १८ गते प्रकाशित


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०४

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब रेमिट्यान्स...

३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री पौडेल

३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्नु : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ फागुन २५ आइतवार १६:१३

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३...