back

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने

काठमाडौँ। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपबाट भुक्तानी गर्नसक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ आजबाट सुरु गरेको छ। फोकसवानकै सहकार्यमा नेपाल इन्भेस्टमेन्ट बैंकका कार्ड प्रयोगकर्ताले अब यो मोको एपबाट भृुक्तानी गर्न सक्ने भएका हुन्।

डिजिटल भुक्तानीमा विश्वव्यापी प्रख्यात भिसासँग साझेदारी यस ‘मोको’ डिजिटल वालेट अनलाइन भुक्तानीमा एक नयाँ परिर्वतन हो। जहाँ प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन् र एक मर्चेन्टमा प्रदर्शित क्यूआर कोड स्क्यान गरेर लेनदेनका लागि भुक्तानी सुरु गर्न सक्छन्।
(पीसीआई डीएसएस) प्रोटोकलद्वारा मान्यता प्राप्त छ।

यो क्यूआर भुक्तानीको प्रक्रियाले एक अन्तरक्रिय, सुरक्षित र स्थिर सिस्टमको आवश्यकतालाई सम्बोधन गर्दछ। जसबाट प्रयोगकर्ताले एउटा मोबाइल एपको प्रयोगले नै क्यूआर कोडका माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरुमा भुक्तानी गर्न सक्छन्।

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड प्रयोगकर्ताले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरिद तथा विभिन्न सेवाहरुको जस्तै– टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन्। यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटकपटक ब्यालेन्स लोड गरिरहन पर्दैन। हरेक समय ‘मोको’ प्रयोगकर्ताले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्।

मोको प्रयोगकर्ताले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन्। अन्तरक्रिय सिस्टमयुक्त मोको धेरै बैंक कार्डहरुका लागि एकल डिजिटल एक एकल वालेटका रूपमा कार्य गर्दछ।

हामी मोकोका साथ स्क्यान–टु–पे सुविधा सुरु गर्न पाउँदा खुसी छौँ। भिसाको लक्ष्य सधैँ सबैका लागि सजिलो सेवा सबैमा पुर्याउनु रहेको छ र सबैप्रति समर्पित एक नेटवर्कका रुपमा हामी डिजिटल भुक्तानीलाई कार्ड प्रयोगकर्ता तथा व्यापारीहरुमाझ अधिक सुविधाजनक, सहज र सुरक्षित बनाउन चाहन्छौँ। यो साझेदारीका साथ, हामी विश्वस्त छौँ कि नेपालका प्रयोगकर्ताहरु अब आफ्नो भिसा कार्डको विवरण स्मार्टफोनमा प्रयोग गरी ढुक्कले क्यूआर पेमेन्ट गर्न सक्छन्। जुन सेवा व्यापारीहरुले पनि फाइदाजनक तरिकाले प्रदान गर्न सक्छन्।’

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे भन्छन्, ‘नियमकको क्यूआर पेमेन्ट अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यानाकर्षण गर्दै हामीले नेपालका एक भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनसँग सम्झौता गर्दै हाम्रा भिसा कार्ड प्रयोगकर्ताहरुका लागि एक अन्तर्राष्ट्रिय क्यूआर प्लेटफर्म सुचारु गरेका छौँ।’

‘मोको’ एक पहिलो किसिमको ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो, जसमा ग्राहकहरुले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै प्रयोगमा ल्याउन सक्छन्। ‘कम्पनीले आगामी महिनामा १० भन्दा बढी अन्य बैंकहरुसँगको सेवा थप गर्नेछन् र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेका छौँ’, उनले भने।

मोको एप गुगल प्ले स्टोर र एप्पल एप स्टोरमा डाउनलोडका लागि उपलब्ध छ।
२०७८ असोज १५ गते प्रकाशित


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आजदेखि सार्वजनीक निष्काशन

वि.सं.२०८२ असार २२ आइतवार १२:२३

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज २०८२...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...