back

भारतले सुन–चाँदी आयातमा गरेको कडाइले नेपालमा कस्तो प्रभाव पर्ला ?

nactional life

काठमाडौं । भारत सरकारले हालै सुन, चाँदी तथा प्लाटिनमजस्ता बहुमूल्य धातु आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा देखिन सक्ने विश्लेषण सरोकारवालाहरुले गरेका छन् । नयाँ व्यवस्थाअनुसार भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याइएको छ । त्यस्तै, प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ । यो व्यवस्था सुन–चाँदीका डोरा, सिक्का तथा सम्बन्धित सामग्रीमा समेत लागू हुने बताइएको छ । भारतीय अर्थ मन्त्रालयका स्रोतका अनुसार पछिल्लो निर्णयको उद्देश्य अत्यावश्यक नभएका आयातलाई नियन्त्रण गर्नु हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार फेरी नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको छ । दक्षिण एसियाली बजारमा सुन–चाँदीको आपूर्ति शृङ्खला भारतसँग गहिरो रूपमा जोडिएकाले नेपालको मूल्य, आपूर्ति र अवैध कारोबारमा समेत असर पर्न सक्ने सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेंद्र रत्न शाक्यका अनुसार भारतले हालै सुन आयातमा कर वृद्धि गरेपछि नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव देखिन सक्नेछ । उनले नेपाल र भारतबीचको स्थिर विनिमय दरका कारण दुई देशको बजारमा मूल्य असन्तुलन हुँदा कारोबार प्रवाह प्रभावित हुन सक्ने बताए ।

उनका अनुसार भारतमा सुन आयात कर करिब १० प्रतिशतबाट १५ प्रतिशतसम्म बढाइएपछि त्यहाँको बजारमा सुन महँगो हुने र त्यसको प्रभाव नेपालतर्फ पनि पर्ने सम्भावना छ । ‘उता महँगो हुँदा यहाँ तुलनात्मक रूपमा फरक मूल्य स्थिति बन्न सक्छ, जसले व्यापार प्रवाहमा असर गर्छ र नेपालबाट भारतमा तस्करी बढ्न सक्ने सम्भावना उच्च छ,’ उनले भने ।

शाक्यले नेपालले पनि आगामी बजेटमार्फत आयात कर समायोजन गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार भारतसँगको कर संरचना धेरै फरक हुँदा अवैध कारोबार, मूल्य असन्तुलन र बजार दबाब बढ्न सक्ने जोखिम हुन्छ । उनले भने, ‘समायोजन नगरे सरकार र उपभोक्ता दुवैलाई असर पर्छ, व्यापार सन्तुलन बिग्रिन सक्छ ।’

व्यवसायीहरूको प्रारम्भिक अनुमान अनुसार सुनमा नेपालले हाल लागू गरेको कर संरचना भारतसँगको तुलनामा फरक रहेको र भारतले कर बढाएपछि नेपालले पनि १५ प्रतिशत आसपास समायोजन गर्न सक्ने चर्चा सुरु भएको छ । यद्यपि यो विषय हाल छलफलको चरणमै रहेको व्यवसायीहरूले बताएका छन् ।

चाँदी र हिरा आयातमा भने हाल ठूलो नीतिगत परिवर्तन नभएको व्यवसायीहरूको भनाइ छ । चाँदीको कर संरचना भारतसँग तुलनात्मक रूपमा मिल्दोजुल्दो रहेको र ठूलो परिवर्तन नभएको पनि उनीहरूको मूल्यांकन छ । व्यवसायीहरूले सरकारलाई नीतिगत स्थिरता र क्षेत्रीय बजार सन्तुलनलाई ध्यानमा राखेर आगामी बजेटमार्फत स्पष्ट कर नीति ल्याउन सुझाव दिएका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:२०

काठमाडौं । सरकारले स्टार्टअप उद्यमको दर्ता, सञ्चालन र व्यवसाय विस्तार...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २६ मंगलवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ...

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

इप्पानको २४औं साधारणसभा तथा आठौं अधिवेशन जेष्ठ २९ गते, विधान संशोधनबारे विवादको खण्डन

वि.सं.२०८३ जेठ २५ सोमवार १४:२०

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी...

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

वि.सं.२०८३ जेठ २४ आइतवार १६:२५

काठमाडौँ । एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ जेठ २४ आइतवार १०:५८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

वि.सं.२०८३ जेठ २१ बिहीवार २१:५६

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...