back

इनड्राइभले ल्यायो ‘इनड्राइभ कम्फर्ट’, के छ विशेषता ?

काठमाडौ । इनड्राइभले नेपालमा ‘इनड्राइभ कम्फर्ट’ नामक नयाँ सुविधा ल्याएको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमबीच यो सुविधा सार्वजनिक गरेको हो ।

यो सेवा इनड्राइभको यात्रामा निरन्तर सुधार ल्याउने प्रतिबद्धताको प्रतिबिम्ब हो, जसले यात्रुलाई थप सुविधा, भिन्न विकल्प र व्यक्तिगत प्राथमिकतामा आधारित यात्रा अनुभव प्रदान गर्ने कम्पनलिे जनाएको छ ।

कम्पनीका अनुसार इनड्राइभ कम्फर्ट सुविधाले यात्रुलाई उच्च गुणस्तरीय गाडी र बढेको ठाउँको अनुभव प्रदान गर्न सक्छ । यो सुविधा मुख्यतः उनीहरूका लागि लक्षित छ जो सवारीमा थप आराम, खुला ठाउँ र गुणस्तरीय सेवा खोज्दै छन् । यात्रुले अब इनड्राइभ कम्फर्टको माध्यमबाट नेपालमा सहज र आरामदायी यात्रा अनुभव गर्न सक्छन् ।

इनड्राइभका दक्षिण एशिया सिनियर मार्केटिङ म्यानेजर, अविक कर्माकरले भने, ‘हामी हाम्रो यात्रुहरूको आवश्यकतालाई ध्यानमा राख्दै विभिन्न प्रकारका यात्रा विकल्पहरू उपलब्ध गराउन प्रतिबद्ध छौँ । इनड्राइभ कम्फर्ट सुविधा नेपालको यात्रुहरूको लागि एक रोमाञ्चक र नयाँ अनुभव हो । यात्रुहरूले अब विस्तार भएको ठाउँ, सफा र आरामदायी वातावरण र निष्पक्ष मूल्यमा यात्रा अनुभव गर्न पाउनेछन् । साथै, यस सुविधाले हाम्रो ड्राइभर पार्टनरहरूलाई थप अवसरहरू उपलब्ध गराउँदै सेवा स्तरमा सुधार ल्याउन मद्दत गर्नेछ।’

 

इनड्राइभ कम्फर्टका विशेषताहरूः

१) उच्च गुणस्तरीय गाडीहरूः
इनड्राइभ कम्फर्टको अन्तर्गत आउने सबै गाडीहरू उच्च गुणस्तरमा भएका छन् र एयर कन्डिसन सहित आरामदायी यात्रा अनुभव प्रदान गर्छन् । यो विशेषताले यात्रुलाई काठमाडौँको भीडभाड र गर्मीबाट राहत दिन्छ । गाडीहरूको उच्च स्तरको मर्मत र सफाइले यात्रुलाई सफा र सहज वातावरणमा यात्रा अनुभव गराउँछ ।

२) सेडान क्लास गाडीहरूः
इनड्राइभ कम्फर्टले विशेषगरी सेडान क्लासका गाडीहरूको छनोट गरेको छ जसले यात्रुलाई थप खुला ठाउँ र लेगरूम दिन्छ । यसले एक्लै वा साथीभाइहरूसँग यात्रा गर्ने यात्रुहरूलाई आरामदायी र खुला वातावरणमा यात्रा गर्न प्रेरित गर्छ।

३) न्यायपूर्ण मूल्य निर्धारणः
इनड्राइभले निष्पक्ष र पारदर्शी मूल्य निर्धारणको प्रतिवद्धता जनाउँदै आएको छ र इनड्राइभ कम्फर्टमा पनि यो विशेषता लागू गरिएको छ । यात्रुहरूले निष्पक्ष मूल्यमा उच्चस्तरीय सेवा र आरामदायी यात्रा अनुभव गर्न पाउनेछन् ।

४) आरामदायी र सहज यात्रा अनुभवः
इनड्राइभ कम्फर्टले यात्रुहरूलाई शान्त र आरामदायी यात्रा अनुभव गराउँछ। थप लेगरूम, सहज ड्राइभिङ अनुभव र उच्च रेटेड ड्राइभरहरूसहित यो सुविधा सहरको भीडभाडमा सुरक्षित र तनावमुक्त यात्रा प्रदान गर्न डिजाइन गरिएको छ ।

इनड्राइभ कम्फर्टको सुरुवातसँगै यात्रुहरूका लागि विकल्पको विविधता थपिएको छ । उनीहरूले आफ्नो आवश्यकताअनुसार साधारण यात्रा र उच्चस्तरीय कम्फर्ट यात्रा बीच छनोट गर्ने कम्पनीले जनाएको छ । इनड्राइभ कम्फर्ट यात्राका लागि यसले ड्राइभरलाई थप आम्दानी गर्ने अवसर प्रदान गर्दछ ।

इनड्राइभका एशिया प्यासिफिक कम्युनिकेशन लिड, पवित नन्दा आनन्दले भने, ‘हामी यात्रु र ड्राइभर दुवैलाई आफ्ना प्राथमिकताअनुसार यात्रा छनोट गर्ने स्वतन्त्रता दिन्छौं । तपाईंले ड्राइभर छान्न सक्नुहुन्छ, चाहे तपाईँले इभी गाडीको लागि केही समय पर्खन तयार हुनुहुन्छ वा साधारण गाडीको छिटो पिकअप विकल्प रोज्न चाहनुहुन्छ । हाम्रो मोडेलमा कुनै एल्गोरिदमले भिन्नता निर्धारण गर्दैन । यहाँ कुनै सर्ज छैन। हामी यात्रामा पारदर्शिता र निष्पक्षतालाई प्राथमिकता दिंदैछौं र सबै प्रयोगकर्ताहरूलाई विकल्प प्रदान गर्दछौं।’

इनड्राइभ एउटा विश्वव्यापी मोबिलिटी र शहरी सेवा प्लेटफर्म हो । इनड्राइभ एप २०० मिलियन पटक डाउनलोड भइसकेको छ र २०२२ र २०२३ मा दोस्रो सबैभन्दा बढी डाउनलोड गरिएको मोबिलिटी एप हो। इनड्राइभ ७४९ सहरहरूमा ४६ देशहरूमा सञ्चालनमा छ । कम्पनीले आफ्नो मुख्य व्यापारिक मोडल मार्फत स्थानीय समुदायलाई सहयोग पुर्याउने लक्ष्य राखेको छ ।

इनड्राइभले २०३० सम्ममा एक अर्ब जनसंख्यामा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेको छ । नेपालमा इनड्राइभ कम्फर्ट सुविधाको सुरुवातले नेपाली यात्रुहरूलाई एक नयाँ अनुभव प्रदान गर्नेछ भने सवारी साधनहरूको क्षेत्रमा इनड्राइभको उच्चस्तरीय सेवाको महत्त्व झल्काउने कम्पनीले जनाएको छ ।


वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५७

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)...

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५४

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले...

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५१

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर...

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ५ बिहीवार २०:३६

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

वि.सं.२०८२ असार ५ बिहीवार २०:०३

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको...

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

वि.सं.२०८२ असार ५ बिहीवार १९:४५

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल...