back

बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पारेको छ ।

प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको आजको बैठमा उहाँले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताए ।

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी दिए । “खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन्”,उनले भने ।

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर दुई १८ जनाको मृत्यु, २७ बेपत्ता र एकसय ४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए।

पचास वर्षपछि भारी वर्षा भएको जानकारी दिँदै उनले काठमाडौँ उपत्यका र बागमती प्रदेश बढी प्रभावित भएको बताए । उद्धारमा नेपाली सेनाका तीन हजार नौ सय ६, नेपाल प्रहरीका १४ हजार आठ सय २ सशस्त्र प्रहरीका १२ हजार २३ जनशक्ति विपद्पछि खोज र उद्धारमा खटिएका उनले जानकारी दिए ।


वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ डेपुटी सिइओ पाण्डे

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५७

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)...

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ: डेपुटी गभर्नर मिश्र

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५४

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले...

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

कर्जाको माग बढाउने गरि आगामी आवको मौद्रिक नीति आउनुपर्छः योजना आयोग सदस्य श्रेष्ठ

वि.सं.२०८२ असार ६ शुक्रवार १६:५१

काठमाडौं ।  राष्ट्रिय योजना आयोगका सदस्य प्रकाशकुमार श्रेष्ठले रियल सेक्टर...

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

६६ अर्ब बढी लगानी डुब्ने अवस्था आएपछि इप्पानले घोषणा ग¥यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ५ बिहीवार २०:३६

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

ड्रोनबाट यस्तो देखियो, बलम्बु फ्लाईओभर

वि.सं.२०८२ असार ५ बिहीवार २०:०३

काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको...

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

१ अर्ब ६० करोडको लगानीमा म्यारियट मक्सी होटलको तयारी

वि.सं.२०८२ असार ५ बिहीवार १९:४५

काठमाडौं । करिब ६ बर्षअघि काठमाडौंको नागपोखरीमा पाँचतारे म्यारियट होटल...