back

५८ प्रतिशतले घट्यो शिवम् सिमेन्टको नाफा,कम्पनीको कारोबार कस्तो छ ?

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको मन्दीका कारण शिवम् सिमेन्टको नाफा घटेको छ । गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासमा कम्पनीले २५ करोड २ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५९ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष ५८ प्रतिशत कम नाफा गरेको हो ।

निर्माण क्षेत्रमा देखिएको सिथिलता, मागको तुलनामा नेपालमा सिमेन्टको उत्पादन क्षमता अत्याधिक हुनु, विकास निर्माणसँग सम्बन्धीत सरकारी परियोजनाहरूका लागि छुट्याईएको बजेट न्यून खर्च हुनु, ठेकेदारहरूले निमार्ण कार्य सम्पन्न गरेता पनि भुक्तानी पाउन नसकेका कारण कम्पनीको आम्दानी घटेको बताइएको छ ।गत असारसम्म कम्पनीले सिमेन्ट बिक्री गरेर ७ अर्ब ७० करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ७५ करोड २६ लाख रुपैयाँ सिमेन्ट बिक्री गरेर आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा १ अर्ब ३ करोड ४८ लाख रुपैयाँ गरेको छ । जबकी कम्पनीले अघिल्लो वर्ष १ अर्ब २८ करोड ५४ लाख रुपैयाँ कुल नाफा गरेको थियो । अघिल्लो वर्ष ३६ करोड ३७ लाख रुपैयाँ अन्य आम्दानी गरेको कम्पनीले गत वर्ष १९ करोड ८५ लाख रुपैयाँ गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च २२ करोड ७० लाख रुपैयाँ, वित्तीय खर्च ४ करोड ८९ लाख रुपैयाँ र कुल खर्च ९५ करोड ६३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले प्रशासनिक खर्च २२ करोड ३१ लख रुपैयाँ, वित्तीय खर्च ९ करोड ६६ लाख रुपैयाँ र कुल खर्च ९९ करोड ८१ लाख रुपैयाँ गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ, सेयर प्रिमियमा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष ३ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.९८ रुपैयाँ छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १.५६ गुणा छ ।

 


आज सुनको भाउ स्थिर

आज सुनको भाउ स्थिर

वि.सं.२०८१ मंसिर २७ बिहीवार ११:५७

काठमाडौँ । सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी...

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक, सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय

वि.सं.२०८१ मंसिर २५ मंगलवार १६:४८

काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी...

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

वि.सं.२०८१ मंसिर २४ सोमवार ११:१९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक...

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

निजामती ऐनमा थारुहरुको सहभागिता नभएकोमा मन्त्रीको गुनासो

वि.सं.२०८१ मंसिर २३ आइतवार १७:०१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले निजामती ऐनमा थारुहरुलाई...

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यद्वारा मानवसेवा आश्रमको शाखा उद्घाटन

वि.सं.२०८१ मंसिर २३ आइतवार १६:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका...

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

एनपीईए र एमच्यामबीच लगानी र आर्थिक विकासका लागि सहकार्य

वि.सं.२०८१ मंसिर २३ आइतवार १५:५१

काठमाडौं । नेपालमा द्विपक्षीय लगानी तथा आर्थिक विकासका लागि नेपाल...