back

नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुग्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिएको हो । त्यसै सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको बताइएको छ ।

प्राधिकरणको ३८ औँ वार्षिक उत्सवमा बोल्दै प्रवन्ध निर्देशक कुलमान घिसिङले आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड रुपैयाँ र सञ्चित नोक्शानी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको उल्लेख गर्दै आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरी प्राधिकरणले नाफा कमाउन शुरु गरेको बताउनु भयो ।

उहाँले प्राधिकरणको शेयर सर्वसाधारणलाई समेत जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तीय पुनःसंरचना प्रश्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको जानकारी दिनुभयो । उहाँले प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिने बताउनु भयो ।

प्रवन्ध निर्देशक घिसिङले संस्थाभित्र आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागू गरिएको बताउनु भयो । उहाँले प्रशासन तथा वितरण चुहावट १३.४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले प्राधिकरणको आर्थिक वर्ष ०६७/०६८ सालसम्मको २७ अर्ब १९ करोड रुपैयाँ सञ्चित घाटालाई अपलेखन गरिदिएपश्चात् पनि घाटामा जाने क्रम रोकिएको थिएन । घाटा अपलेखन गरिएको पाँचौ वर्ष अर्थात् आर्थिक वर्ष २०७२/०७३ सम्म आइपुग्दा वार्षिक घाटा ८ अर्ब ९० करोड र सञ्चित नोक्सानी फेरी बढेर ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष ०७३/०७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेर नाफाको गौरवमय इतिहास शुरु गरेको प्राधिकरण त्यसपछिका आर्थिक वर्षहरुमा निरन्तर नाफामा छ । गत आर्थिक वर्षसम्म आइपुग्दा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ । सर्वसाधारणलाई समेत सेयर जारी गर्नेगरी प्राधिकरणको तेस्रो चरणको वित्तिय पुर्नसंरचना प्रस्ताव स्वीकृतिका लागि सरकार समक्ष पेश गरिएको छ ।

प्राधिकरणको प्राथमिक सेयर सर्वसाधारणलाई निष्काशन गरी संकलन गरिएको रकम मुख्यरुपमा ठूला जलविद्युत आयोजनाहरुको निर्माणमा लगानी गरिनेछ । प्राधिकरणको सम्पूर्ण सम्पतिको वास्तविक मूल्यांकन गराइएको छ भने क्रेडिट रेटिङ गर्ने संस्था इक्रा नेपालले प्राधिकरणको समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको छ । संस्थाभित्रको आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई कडाइका साथ लागु गरिएको छ । प्रशासन तथा वितरण चुहावट १३।

४६ प्रतिशतमा सिमित गरेर प्राधिकरणको इतिहासमा नयाँ रेकर्ड कायम गर्न सफल भएका छौँ । प्राधिकरणको केन्द्रिय प्रणालीबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत एवं सौर्य विद्युतबाट करिव ३ प्रतिशत गरी करिब ९८ प्रतिशत जनतामा विद्युत सेवा पुगेको छ । आगामी दुई वर्ष भित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने सरकारको कार्यक्रमलाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पुरा गरी आवश्यक कार्य अगाडी बढाइएको छ ।

वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पु¥याउन विद्युतिकरण, विद्युत आपुर्तिलाई पर्याप्त, विश्वसनीय र गुणस्तरीय बनाउन प्रशारण र वितरण तर्फका पूर्वाधार संरचनाहरुको बिस्तार एवम् सुदृढीकरण, उत्पादन तर्फका रणनीतिक महत्वका रुपान्तरणकारी ठूला जलविद्युत आयोजना अगाडी बढाउने, आन्तरिक रुपमा खपत वृद्धि तथा बढी भएको विद्युत निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी प्राधिकरणको हरेक गतिविधि अगाडी बढेको छ ।’

उहाँले हाल ९८ प्रतिशत जनतामा विद्युतको सेवा पुगेको बताउनु भयो । आगामी दुई वर्षभित्र देशभित्र पूर्ण रुपमा विद्युतिकरण गर्ने गरी आवश्यक कार्य अगाडी बढाइएको उहाँले जानकारी गराउनु भयो ।

 


Kageshwori manohara
राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

राज्यलाई भार र उपभोक्तालाई मार नपर्नेगरी सुधार गर्नुपर्छ : सचिव दुवाडी

वि.सं.२०८० मंसिर १२ मंगलवार २१:०८

काठमाडौं । वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडीले राज्यलाई...

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

महिला सशक्तिकरणका लागि बजेट विनियोजन हुनेछ : अर्थमन्त्री

वि.सं.२०८० मंसिर १० आइतवार १७:५४

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यको स्रोत साधनले भ्याएसम्म...

नेपाल विद्युत प्राधिकरणले  गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

नेपाल विद्युत प्राधिकरणले गर्यो ४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

वि.सं.२०८० मंसिर ७ बिहीवार १८:१९

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१को...

सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास

सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार प्रवेशका लागि विशेष पास

वि.सं.२०८० मंसिर ७ बिहीवार १७:१८

काठमाडौं । सरकारले सबैभन्दा बढी कर तिर्ने १६ जनालाई सिंहदरबार...

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु

वि.सं.२०८० मंसिर ६ बुधवार १४:३९

काठमाडौँ । विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै...