back

पाउण्ड र युरोको मूल्य बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

हिजो २७ पैसाले बढेको अमेरिकी डलरको मूल्य बुधबार स्थिर रहेको हो । बुधबारका लागि सार्वजनिक गरिएको विनिमयदर अनुसार पाउण्ड र युरोको मूल्य बढेको छ ।

आज १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै मंगलबार पनि बढेको पाउण्डको मूल्य बुधबार पनि बढेको छ ।

अघिल्लो दिन एक पाउण्डको खरिददर १६२ रुपैयाँ ५४ पैसा रहेको थियो भने बिक्रीदर १६३ रुपैयाँ २८ पैसा रहेको थियो । बुधबार भने एक पाउण्डको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै अघिल्लो दिन एक युरोको खरिददर १४२ रुपैयाँ ८८ पैसा रहेकामा बुधबार बढेर १४४ रुपैयाँ ९ पैसा पुगेको छ । त्यस्तै बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो दिन भने बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर खरिदमा ९९ रुपैयाँ १३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५८ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको छ ।

 


उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा: मन्त्री भण्डारी

उपभोक्ता अदालत सरकारको विशेष प्राथमिकतामा: मन्त्री भण्डारी

वि.सं.२०८१ जेठ ११ शुक्रवार १६:०६

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षमा...

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

भारतबाट साढे १५ अर्ब डलरको स्मार्टफोन विश्वबजार निर्यात,एप्पलको भारतमा कीर्तिमानी कमाइ

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१५

काठमाडौं । विश्वबजारमा भारतमा बनेका स्मार्टफोनको माग बढिरहेको छ ।...

मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क जीवन बीमा

मुद्रण उद्योग संघ कास्कीद्वारा ११५ जना कामदारको निःशुल्क जीवन बीमा

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:१०

काठमाडौं । मुद्रण उद्योग संघ कास्कीले मुद्रण व्यवसायमा आबद्ध कामदारहरूको...

सिरोहिया पक्राउ प्रकरण: निजी क्षेत्रले भन्यो,‘उजुरी पर्दैमा थुन्ने प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल थप घट्छ’, निजी क्षेत्र

सिरोहिया पक्राउ प्रकरण: निजी क्षेत्रले भन्यो,‘उजुरी पर्दैमा थुन्ने प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल थप घट्छ’, निजी क्षेत्र

वि.सं.२०८१ जेठ १० बिहीवार १४:४०

काठमाडौं । उजुरी पर्ने वित्तीकै थुन्ने प्रवत्तिले उद्यमी व्यवसायी र...

श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन

श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन

वि.सं.२०८१ जेठ १० बिहीवार १४:०६

काठमाडौँ । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका...

९ महिनामा कोकाकोलाले कमायो कमाइ ३२ करोड १२ लाख रुपैयाँ

९ महिनामा कोकाकोलाले कमायो कमाइ ३२ करोड १२ लाख रुपैयाँ

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५७

काठमाडौं । नेपालमा कोकाकोला उत्पादन गर्ने कम्पनी बोटलर्स नेपाल (तराई) र बोटलर्स...