पेट्रोलियम पदार्थको मूल्य घट्यो

वि.सं.२०७९ पुस २५ सोमवार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले आजै अर्थात आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका प्रतिलिटरमा ३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।
केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले वाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका हुन् ।
निगमले सोही बमोजिम नै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ । निगमका अनुसार हवाई इन्धनको मूल्य पनि घटेको छ ।
आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर (करिब प्रतिलिटर ३० रुपैयाँ) घटेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।
भारतबाट बेला बेला पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा समेत नेपालमा नघटेको भन्दैं बिरोध हुदैं आएको थियो ।
नेपाल आयल निगमले इण्डियन आयल कर्पाेरेशनलाई १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ ।

प्रकाशित समय : १०:०० बजे