back

तयारिमा बस्नुस् ः खुल्दैछन् धमाधम आईपीओ, २६ कम्पनी पाइपलाइनमा (लिस्ट सहित)

काठमाडौं । करिब ६ महिनासम्म रोकिएको प्राथमिक सेयर (आईपीओ) अहिले धमाधम खुल्न थालेका छन् । अब ग्रीन भेन्चर्स लिमिटेडले चैत ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुल्ला हुने भएको छ। कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो। जसमध्ये ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । यस्तै ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरेर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सर्वसाधारणमा विक्री गरिने कम्पनीले जनाएको छ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत ११ गते हुनेछ र ढिलोमा चैत २२ गतेसम्म रहेको छ। आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्ड (सेवन) का अनुसार साधारण शेयर (आईपिओ) निष्कासन तथा स्वीकृतिका लागि २ दर्जनभन्दा बढी कम्पनीहरु अझै पाइपलाइनमा छन्। ती मध्ये अधिकांश हाइड्रोपावर कम्पनी छन्।

१) थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेड

थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपिओ) निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरका १२ लाख ३१ हजार २५० कित्ता आईपिओ निष्कासन गर्नको लागि गत साउन १७ गते बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

२) रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० लाख कित्ता साधारण शेयर (आईपिओ) निष्कासनका लागि साउन १२ गते सेवनमा निवेदन दिएको छ। कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।

३) मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण शेयर (आईपिओ) निष्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोर्ड (सेवन) मा निवेदन दिएको छ । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

४) कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड

कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपिओ निष्कासन गर्नका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमवी क्यापिटल लिमिटेड रहेको छ।

५) सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड

सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड गर्नेछ।

६) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपिओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ।

७) इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेड

इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपिओ) निष्कासन गर्नका धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि मंसिर २४ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।

८) सान्जेन जलविद्युत कम्पनी लिमिटेड

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन इनभेष्टमेन्टले गर्नेछ ।

९) सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेड

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपिओ निष्कासन तथा बिक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

१०) पिपुल्स पावर कम्पनी लिमिटेड

पिपुल्स पावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा विक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपिओ निष्कासन गर्नका लागि पुस २७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

११) रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड

रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर बिक्री गर्नका लागि पुस २३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

१२) एशियन हाइड्रोपावर कम्पनी लिमिटेड

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा बिक्री खुला गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । आईपिओ निष्कासन तथा बिक्री प्रवन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।

१३) रिभर फल्स पावर लिमिटेड

रिभर फल्स पावर लिमिटेडले पनि आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । ३४ लाख ३० हजार कित्ता शेयर निष्काशन गर्ने जनाएको कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहनेछ ।

१४) उपकार लघुवित्त

उपकार लघुवित्तले पनि आइपिओ निष्कासन गर्ने जनाएको छ । यस कम्पनीले २ करोड ६६ लाख २५ हजार बराबरका २ लाख ६६ हजार २५० कित्ता शेयर निष्कासन गर्ने भएको हो । नेपाल एसबिआइ मेर्चेन्ट क्यापिटलले यसको बिक्री प्रबन्धकको जिम्मा लिएको छ ।

१५) सयपत्री हाइड्रोपावर

सयपत्री हाइड्रोपावरले पनि आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । यो कम्पनीले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता शेयरका लागि निवेदनका दिएको हो । यसको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल रहेको छ ।

१६) राप्ती हाइड्रो जनरल कन्ट्रक्सन

राप्ती हाइड्रो जनरल कन्ट्रक्सनले २९ लाख ४१ हजार ४१० कित्ता शेयर निष्कासनका लागि अनुमति मागेको छ । मुक्तिनाथ क्यापिटलले यसको बिक्री प्रबन्धकको काम गर्नेछ ।

१७) आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता शेयरका लागि निवेदन दिएको छ । यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

१८) डिशहोम

डिशहोमले पनि २३ करोड ८५ लाख ९२ हजार ९०० बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयरका लागि अनुमति मागेको छ । यसको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहनेछ ।

१९) सिवाइसि नेपाल लघुवित्त

सिवाइसि नेपाल लघुवित्तले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।

२०) अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले पनि शेयर निष्कासन गर्दैछ । यस कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता शेयरका लागि अनुमति मागेको हो ।

२१) दोर्दी खोला जलविद्युत कम्पनी

दोर्दी खोला जलविद्युत कम्पनीले २९ लाख ५१ हजार ९२९ कित्ता शेयर निष्कासन गर्दैछ ।

२२) विन्धवासिनी हाइड्रोपावर

विन्धवासिनी हाइड्रोपावरले २५ लाख शेयरका लागि आवेदन दिएको छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहनेछ ।

२३) अपर हेवाखोला हाइड्रो पावर

अपर हेवाखोला हाइड्रो पावरले आयोजना प्रभावितका लागि ५ लाख र सर्वसाधारणका लागि १५ लाख कित्ता शेयरको अनुमति मागेको छ ।

२४) हिमालयन हाइड्रोपावर कम्पनी

हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति मागेको छ ।

२५) मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावरले १७ लाख ६४ हजार ११० कित्ता शेयरका लागि अनुमति मागेको छ ।

२६) श्वेतगंगा हाइड्रोपावर

श्वेतगंगा हाइड्रोपावरले ४७ लाख ७९ हजार कित्ता शेयरका लागि बोर्डसँग अनुमति मागेको छ । उल्लेखित कम्पनीहरुले अब धितोपत्र बोर्डको स्वीकृतिपछि मात्र आईपिओका लागि आवेदन खुल्ला गर्न सक्नेछन् ।


सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

सामसङ ग्यालेक्सी ए १६ ५ जी सार्वजनिक, के छन् विशेषताहरू ?

वि.सं.२०८१ असोज २३ बुधवार १२:५७

काठमाडौं । सामसङले नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले...

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

बचत कसरी गर्ने ? (महत्वपूर्ण टिप्सहरु)

वि.सं.२०८१ असोज २३ बुधवार १०:३२

काठमाडौं । कुनै चिज बस्तुमा गरिने खर्च कटौती गरेर सञ्चित...

बैंक तथा बित्तिय संस्थामाथी भुतप्रभावी कानुन लगाएर राजस्व उठाएको अध्यक्ष ढकालको  आरोप

बैंक तथा बित्तिय संस्थामाथी भुतप्रभावी कानुन लगाएर राजस्व उठाएको अध्यक्ष ढकालको आरोप

वि.सं.२०८१ असोज २१ सोमवार १७:५३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

दसैंमा अनरको बम्पर अफर थाइल्याण्ड भ्रमणदेखि स्कुटीसम्मा जित्ने अवसर

दसैंमा अनरको बम्पर अफर थाइल्याण्ड भ्रमणदेखि स्कुटीसम्मा जित्ने अवसर

वि.सं.२०८१ असोज २१ सोमवार १३:१२

काठमाडौं । अनर नेपालले चाडपर्वलाई लक्षित गर्दै आकर्षक अफरहरू ल्याएको...

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख हस्तान्तरण

एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख हस्तान्तरण

वि.सं.२०८१ असोज २१ सोमवार १२:००

काठमाडौं । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१...

युनिलिभर नेपालले बोलायो साधारण सभा, लाभांश वितरण प्रस्ताव पारित हुँदै

युनिलिभर नेपालले बोलायो साधारण सभा, लाभांश वितरण प्रस्ताव पारित हुँदै

वि.सं.२०८१ असोज २१ सोमवार ११:४३

काठमाडौं । युनिलिभर नेपालले कार्तिक १२ गते ३१ औं वार्षिक...