back

मानुषी लघुवित्तको आईपीओ भोलिबाट आउदै,आवेदन कहिलेसम्म दिने ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ जारी गर्न लागेको हो।

जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि,१९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि विक्री गरिने छ ।

आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द मिति छिटोमा साउन ३१ गतेसम्म र सो अवधिमा विक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी रू. १० करोड ९३ लाख ७५ हजार पुग्नेछ ।

कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यलयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको सफ्टवेयरबाट पनि आवेदन दिन सकिने छ ।

कम्पनीको आव २०७६/ ७७ को बास्तविक नेटवर्थ रू. १३२ दशमलव ३७ रहेको छ । यस आधारमा कम्पनीको शेयरमूल्यले पहिलो कारोबारको लागि रू.३९८ दशमलव शून्य ७ ओपन रेञ्ज पाउने देखिन्छ । विक्री प्रबन्धक नेपाल एसबिई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

२०७८ साउन २६ गते प्रकाशित


आईपीओ जारी गर्दै पैचो पसल

आईपीओ जारी गर्दै पैचो पसल

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:४१

काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो...

जनता एग्रो एण्ड फरेष्ट्रीले एक अर्बकाे आईपीओ जारी गर्ने, संचालकहरु को को छन् ?

जनता एग्रो एण्ड फरेष्ट्रीले एक अर्बकाे आईपीओ जारी गर्ने, संचालकहरु को को छन् ?

वि.सं.२०८२ वैशाख १४ आइतवार १७:४२

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडले सर्वसाधारणको लागि एक...

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

पियोर इनर्जीको आईपीओ बाँडफाँट: १ लाख १९ हजारले पाए १० कित्ता सेयर

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:०१

काठमाडौं । पियोर इनर्जी डेभलपमेन्ट लिमिटेडको साधारण सेयर बाँडफाँट भएको...

ट्रेड टावरको आईपीओ बिक्री खुला : कसले दिन पाउछन आबेदन ?

ट्रेड टावरको आईपीओ बिक्री खुला : कसले दिन पाउछन आबेदन ?

वि.सं.२०८२ वैशाख ८ सोमवार १०:२८

काठमाडौ। ट्रेड टावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला...

आजदेखि सान्भि इनर्जीको आईपीओमा आवेदन दिन सकिने

आजदेखि सान्भि इनर्जीको आईपीओमा आवेदन दिन सकिने

वि.सं.२०८२ वैशाख ५ शुक्रवार ०९:१०

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज (बैशाख ५ गते) देखि...

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

प्रभु हेलिकप्टरले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

वि.सं.२०८२ वैशाख ४ बिहीवार १८:१०

काठमाडौं । प्रभु हेलिकप्टर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ...