back

मैलुङ खोलाको आईपीओ बाँडफाँट, ६८ हजार ४७४ जनाले पाए १० कित्ता : नतिजा कसरी हेर्ने ?

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाड भएको छ ।आइतबार भएको र बाँडफाँडको काम आज (मंगलबार) बिहान ९ बजे बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा सम्पन्न भएको हो ।

आईपीओमा जम्मा २० लाख ६७ हजार ९६७ जना अर्थात ३९ गुणा बढिले आवेदन दिएका थिए भने जसमध्ये २ हजार ८४३ जनाको आवेदन रद्द भएको छ।

बाँकी २० लाख ६५ हजार १२४ जनाको आवेदन स्वीकृत भएको छ । स्वीकृत आवेदनमध्ये ६८ हजार ४७४ जनालाई १० कित्ताका दरले शेयर पाएका छन । जसमध्ये ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरे ।

मैलुङ खोला जलविद्युत कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।

त्यसमध्ये २ प्रतिशत अर्थात् १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्तामा सर्वसाधारणका लागी छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट बाँडफाँड गरिएको छ। त्यसमध्ये ६ जनाले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर प्राप्त गरेका छन ।

त्यसैगरी आवेदन दिएका लगानीकर्ताहरुमध्ये २० लाख ५० हजारभन्दा बढीको हात खालि भएको छ । प्रिअलटमेन्ट सकेर शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

रिजल्ट यसरि हेर्नुहोस।
आईपिओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केहि समय लाग्ने भएकाले आईपिओको नतिजा हेर्न केहि समय लाग्ने छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइटबाट, सिद्धार्थ क्यापिटल लिमिटेडको वेभसाइट https://www.siddharthacapital.com, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वेभसाइट https://mailungkhola.com र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ ।

२०७८ साउन २६ गते प्रकाशित


महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

महासङ्घको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

वि.सं.२०८१ असोज ४ शुक्रवार १४:५८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घकै...

कान्तिपुर फर्मास्यूटिकल्सले आइपीओ निष्कासन गर्ने

कान्तिपुर फर्मास्यूटिकल्सले आइपीओ निष्कासन गर्ने

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:४९

काठमाडौं । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आइपीओ)...

ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्काशन गर्ने

ह्याविट्याट पावर कम्पनीले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:३८

काठमाडौं । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने

लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने

वि.सं.२०८१ भदौ १४ शुक्रवार ११:३०

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन तथा बिक्री...

अल्फा क्यापिटलले आईपीओ निकाल्ने

अल्फा क्यापिटलले आईपीओ निकाल्ने

वि.सं.२०८१ भदौ १२ बुधवार १७:४५

काठमाडौँ । अल्फा क्यापिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

एलिट क्यापिटलले रेन्बो डिस्टिलरीलाई रोड टु आईपिओ सेवा दिने

एलिट क्यापिटलले रेन्बो डिस्टिलरीलाई रोड टु आईपिओ सेवा दिने

वि.सं.२०८१ भदौ ४ मंगलवार १८:३४

काठमाडौं । १५ बर्षदेखि संचालनमा रहेको उच्चस्तरिय मदिरा उत्पादन कम्पनी...