back

सिभिल बैंकको नाफामा उल्लेख्य वृद्धि, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सकियसँगै अहिले धेरै बैंक तथा वित्तिय संस्थाले आफ्नो सोही अवधिको वित्तिय विविरण सार्वजनिक गरिरहेका छन् । यो अवधिमा सिभिल बैंक पनि आफ्नो नाफामा उल्लेख्य सुधार गरेको छ । समिक्षा अवधिमा बैंकको खुद नाफा ३९.३९ प्रतिशतले बढेर ५० करोड २५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३६ करोड ५ लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३० करोड ७७ लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । सञ्चालन नाफा २६.४२ प्रतिशतले बढेर ६८ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ५३ करोड ८७ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । खराब कर्जा १.८३ प्रतिशत ले घटेर १.१३ प्रतिशतमा आएको छ । अघिल्लो वर्ष खराब कर्जा २.९६ प्रतिशत थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने ९.८६ प्रतिशतले घटेर १ अर्ब ५४ करोड ३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ७० करोड ८९ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

चैत मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप संकलन ७१.०२ प्रतिशत र कर्जा लगानी ५१.६६प्रतिशतले बढेको छ । चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४९ करोड १८ लाख ३८ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा छ ।


नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

नेपाल लाइफ इन्स्योरेन्सले कमायो ४६ करोड नाफा, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ माघ २७ आइतवार १३:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

वि.सं.२०८१ माघ २७ आइतवार १३:२१

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको...

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

वि.सं.२०८१ माघ २७ आइतवार १२:५५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी...

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

वि.सं.२०८१ माघ २७ आइतवार १२:५३

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड...

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...