सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन

वि.सं.२०७८ साउन २० बुधवार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले आज (बुधबार)बाट प्राथमिक सेयर (आइपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गरेको हो ।
निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
आइपीओ जारी भएपछि कम्पनीको चुक्तापुँजी २ अर्ब पुग्नेछ । कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्ताकालागि आवेदन दिन सकिनेछ ।
यस कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । आइपीओ निष्कासन छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गते बन्द हुनेछ ।
२०७८ साउन २० गते प्रकाशित

प्रकाशित समय : ०७:५९ बजे