back

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकले Coop Card जारी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको Coop Card जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

बढ्दै गएको सहकारीको भूमिका र कारोबार समेतलाई मध्ये नजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटिएम कार्ड जारी गर्न सक्ने प्रविधि र प्रकियाका साथ ग्लोबल आइएमई बैंकको प्रायोजनमा Coop Card जारी गर्न लागिएको हो ।

ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत यसका सदस्य सहकारीहरुले Coop Card जारी गर्नेछन । यसका लागि SCT ले चाइना युनियन पे (UPI) सँग सहकार्य गर्दै आएको छ ।

सहकारीका सबै सदस्यलाई सेवा पुर्याउदै यसलाई अझ बढि प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको Coop Card जारी गर्न लागेको हो ।

यसरी प्रदान गर्ने कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल तथा भारतका ATM/POS मार्फत सहजै चलाउन सकिनेछ ।

यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी Coop Card जारी गर्न सक्नेछन ।

यस सुविधाले सदस्यहरुको सहकारीप्रति विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रुपमा बचत परिचालन हुने र बित्तीय सेवा २४ घण्टा उपलब्ध हुनेछ ।

यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणाली र विद्युतीय कारोवारमा पहुँच बढदै जाने तथा साधारण बैंकिङ कारोवारको लागि बैंकसम्म गइरहनु पर्ने बाध्यताबाट मुक्ति दिने तथा सहकारीहरुको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।


ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

ग्लोबल आइएमई बैंकले पत्रकारलाई क्यामरा किन्न विना धितो कर्जा दिने

वि.सं.२०८१ माघ २४ बिहीवार १६:५६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...

सहकारीसम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

सहकारीसम्बन्धी अध्यादेशमा के के संशोधन गर्ने ?

वि.सं.२०८१ माघ १९ शनिवार १६:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष एमालेको केन्द्रीय सहकारी तथा...

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

९० मेगावाटको मस्र्याङ्दी नदी जलविद्युत् आयोजनामा लगानी जुट्यो

वि.सं.२०८१ माघ १८ शुक्रवार १७:५३

काठमाडौं । गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका...

शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस दिने

वि.सं.२०८१ माघ १८ शुक्रवार १७:५०

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...