हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?

वि.सं.२०८२ वैशाख २३ मंगलवार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बसेको बैठकले आव २०८०/८१ सम्मकाे वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको कुल ४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
जसमा ४.५ प्रतिशतले हुन आउने ४६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२४ प्रतिशतले हुन आउने २ करोड ४६ लाख ३१ हजार ५७८.९५ रुपैया बराबरको नगद लाभांश पाउने छन् ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् लगानीकर्ताले पाउने छन् ।

प्रकाशित समय : ११:५९ बजे