back

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने : चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली ,२०७३ बमोजिम उक्त सम्झौता भएको हो ।

सम्झौतामा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गरिने बैंकले जनाएको छ । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछि १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७÷०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको पनि बैंकले जनाएको छ ।

२०७८ साल जेठ ९ गते सम्मको तथ्याङ्कको आधारमा प्राप्तिपछि निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई  दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुने बैंकले जनाएको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ ।

हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २० वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात उक्त प्रदेशमा २७ वटा शाखाहरु हुनेछन् ।

बैंकले सातवटै प्रदेशमा आफ्नो दह्रो उपस्थिति बनाउँदै लगेको छ । यस प्राप्ति पछि बैंकको ग्राहक सङ्ख्या करिव १२ लाख पुग्नेछ ।

२०७८ जेठ ११ गते प्रकाशित ।


प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन

प्रभु बैंकको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक चयन

वि.सं.२०८१ माघ १ मंगलवार १६:२८

काठमाडौं । प्रभु बैंकको २३औं वार्षिक साधारण सभा बैंकको सम्पन्न...

ग्लोबल आईएमईद्वारा प्रस्तुत एनवाईईएफ काठमाडौं च्याप्टरको अवार्ड सम्पन्न

ग्लोबल आईएमईद्वारा प्रस्तुत एनवाईईएफ काठमाडौं च्याप्टरको अवार्ड सम्पन्न

वि.सं.२०८१ माघ १ मंगलवार १५:२७

काठमाडौं। नेपाली युवा उद्यमी मञ्च एनवाईईएफं काठमाडौं च्याप्टरले आयोजना गरेको...

हिमालयन बैंकको ३२औँ साधरण सभा, आफ्नै जग्गामा शाखा कार्यालय सञ्चालन गरिने

हिमालयन बैंकको ३२औँ साधरण सभा, आफ्नै जग्गामा शाखा कार्यालय सञ्चालन गरिने

वि.सं.२०८१ माघ १ मंगलवार १४:३५

काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३२औँ बार्षिक साधारण सभा सम्पन्न...

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ मणिग्राम शाखाद्वारा घातक रोग बापत १५ लाखको दाबी भुक्तानी

वि.सं.२०८१ माघ १ मंगलवार १२:४५

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापत दाबी...

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलायो

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलायो

वि.सं.२०८१ माघ १ मंगलवार १२:४०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको...

आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो नयाँ बोनसदर

आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो नयाँ बोनसदर

वि.सं.२०८१ माघ १ मंगलवार १२:०१

काठमाडौं  । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि...