हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त
वि.सं.२०८१ भदौ ३० आइतवार
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् ।
कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको हो ।
उनलाई नेपाल बीमा प्राधिकरणवाट स्विकृति प्राप्त भए पश्चात् लागु हुने गरि आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । श्रेष्ठ हाल कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छिन् ।
प्रकाशित समय : ११:०६ बजे