back

प्राइम कमर्सियल बैंकको नाफा २६७.१९ प्रतिशतले बढ्यो , अन्य सूचक कस्ता छन् ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २६७.१९ प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड रुपैयाँ गरेको छ ।अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेर ५ अर्ब ६९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ।अघिल्लो वर्ष ४.८५ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ४.६७ प्रतिशतमा झरेको छ ।

चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकले २ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ८१ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी १४.१५ रुपैयाँ बढेर १९.४५ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५०.४१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ ।


हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

वि.सं.२०८१ भदौ ३० आइतवार ११:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु...

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

कुमारी बैंक लिमिटेड र हिमालयन रिसोर्टबिच सम्झौता

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:२२

काठमाडौँ । कुमारी बैंक र धुलिखेलस्थित दूषित ठानी हिमालयन रिसोर्टबिच...

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१८

काठमाडौँ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट...

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

प्रभु महालक्ष्मी लाइफले १० प्रतिशत बोनस सेयर दिने

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१६

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस सेयर...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:१३

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा...

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई श्री एयरलाइन्समा विशेष छुट

वि.सं.२०८१ भदौ २४ सोमवार ०९:१२

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...